मुख र ओठमा घाउ आएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस यि उपाय (जानाकारि को लागी सेयर गरौँ)

  • -लालिगुराश सम्बाद दाता
  • शनि, पुस ८, २०७४

    के तपाईको मुखमा साना-साना बिबिरा, फोका-फोकी आएर निकै सताएको छ ? मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना-कानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ भएकाे छ ? यस्ता घाउ खटिराकाे समस्या बढेर जटिल समस्या पनि अाउन सक्छ । घाऊ ठूलो र गहिरो भएमा खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ।

    त्यसैले मुखको घाउ , खटिराबाट छुटकारा पाउन निम्न उपाय अपनाउनुहोस्:
    – मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने
    -पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने
    -हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने
    -मह घाउमा लपक्क लगाउने
    -बढी चिल्लो नखाने
    -हल्का उम्रेको गेडागुडी बिहान / बिहान खाने
    -पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने
    -बदाम भिजाएर खाने
    -निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने
    -जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य