नेपाली बजारमा प्याजको मुल्य एक्कासी कसरी बढ्यो ? (मुल्य सूचिसहित)

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बिहि, मंसिर १४, २०७४

    काठमाडौं । नेपाली बजारमा प्याजको मूल्य बढेको छ । कालिमाटी तरकारी तथा फलफूल बजारमा प्याज १२५ रुपैयाँ पुगेको छ

    यो कालिमाटी तरकारी बजारभित्रको झन बजारमा त अहिले प्याजको भाउ प्रतिकिलो १५० रुपैयाँसम्म पुगेको छ । यसरी आकाशिएको तरकारीको मूल्यले उपभोक्तामा निराशा छाएको छ ।

    नेपालमा करीव ९५ प्रतिशत प्याज भारतबाटै आयात हुन्छ ,त्यसैले भारत सरकारले प्याजको निर्यातमा कडाइ गरेपछि त्यसको प्रभाव नेपालमा परेको हो ।

    भारतमा अहिले प्याजको मूल्य दुई वर्षयताकै उच्च विन्दूमा पुगेको छ । भारतले आफ्ना छिमेकी मुलुक नेपाल, पाकिस्तान, भुटानदेखि खाडी मुलुकसम्म ठूलो परिमाणमा प्याज निर्यात गर्छ ।

    यसअघि निर्यातमा पनि खुला मूल्य कायम भएकामा प्याजको प्रतिटन न्यूनतम निर्यात मूल्य ८ सय ५० डलर ९करीव ८७ हजार ५ सय नेपाली रुपैयाँ० तय गरिएको छ । न्यूनतम निर्यात मूल्य कायम भएपछि भारतबाट प्याज आयात गर्दा प्रतिकिलो ३० देखि ३२ रुपैयाँसम्मले महंगो परेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिव भरत खतिवडाले बताए।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य