प्रधानमन्त्रीदेखि प्रचण्डसम्मलाई अश्लील गाली गरेको भिडियो भाइरल,कारबाहीको माग

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, भदौ ९, २०७४

    काठमाडौं, ९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विभिन्न आरोप लगाउँदै अति अश्लील गाली गरेको एउटा फेसबुक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । संवादका क्रममा आफुलाई ‘ लिल बुद्ध ‘ बताउने २०/२१ वर्षको एउटा केटोले नेताहरूलाई सुन्नै नसकिने प्रकारका गाली गलौज र अश्लिल शव्द प्रयोग गरेको भिडियोमा देख्न सकिन्छ । ‘पारस दादा सवैलाई गोली ठोक्छु’ भन्दै नेताहरूमाथि निरन्तर गाली गरिएको भिडियो १२ मिनेटसम्म रेकर्ड भएको छ । उनले आफ्नो लाईभ भिडियोमा नेपाल आईडल कि चर्चित प्रतियोगी केन्जल , नायिका नम्रता श्रेष्ठ , महारानी एलिजावेद सम्मलाई अत्यन्त निच शब्द प्रयोग गरेर गालि गरेका छन्  !! उनले आफ्नो फेसबुक पेज बाट लाईभ भिडियो गर्ने गरेका छन् !

    प्रचण्डले विजुलिबजारमा विशालबजार खोलेको र त्यसमा आगो लगाउन आफुले केटाहरु पठाएको उनको दाबि छ ! आफ्नो आमाको नाम रोजी  अधिकारी र बाबु रक्सीको कारोबार गर्ने करोडपति रहेको बताउने  ति युवा हाल  अष्ट्रेलियाको सिड्नीमा रहेको बुझिएको छ ! उनले फेसबुकमा sacar  नाममा फेसबुक पेज बनाएका छन् , उनको फेसबुक पेजमा हाल ३५  हजार भन्दा बढी फलोअर्स रहेका छन् ! उनले भिडियोमा प्रयोग गरेका शब्द र उनको हाउभाउ हेर्दा उनि नराम्रो संग कुलतमा फसेको र नाजुक मानसिक अवस्थाबाट गुज्रीरहेको अनुमान गर्न सकिन्छ !  उनले पोष्ट गरेका भिडियो हेर्न फेसबुकमा sacar लेखेर सर्च गर्नुहोला  अथवा यहाँ क्लिक गर्नुहोला !!

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य