कला पत्रकारिता भित्र सस्तो लोकप्रियताको लागि पित पत्रकारिता बढ्दो -कमल सरगम

  • -कमल सरगम

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बिहि, पुस २०, २०७४

    कमल सरगम
    काठमाण्डौ।

    पत्रकारिताको स्तर हेर्ने हो भने पछिल्लो पटक कला पत्रकारितामा अबिग्य पत्रकारको बिकबिकिको कारण प्रित पत्रकारिता बढ्दो छ।कुन बिषय बस्तुलाई कसरी उठाउने र कस्तो बिषय बस्तुमा बढी केन्द्रित हुने,कसलाई कस्तो सम्बोधन गर्ने,कसको सृजना कति सम्मको स्तरीयता छ भन्ने मुल्यान्कान गर्न नसक्दा र कलाकारको सम्मान गर्न नसक्दा पछिल्लो पटक पत्रकारिता पनि सस्तो लोकप्रियता बढ्दो छ। आज केहि बिषय बस्तुलाई बाहिर ल्याउदै छु।

    मनोरञ्जन बिशेष कार्यक्रम संचालन गर्ने रेडियो/टेलिभिजन पत्रकारको स्तर र अबस्था :-
    पछिल्लो पटक संचारमाध्यममा हेर्ने हो भने नेपालकै सरकारी टेलिभिजन देखि सरकारी अन्य बिबिध छापा/अनलाइन/रेडियो लगाएतको माध्यमामा कला पत्रकारले कार्यक्रम संचालन गर्न समय किन्नु पर्ने स्थिति हुने गर्दछ भने अन्य लोकल मिडियामा त त्यसै पनि यो अबस्था झेल्न बाध्य छन संचारकर्मीहरु।त्यसैले पनि होला अहिले जति पनि मनोरञ्जन बिशेष कार्यक्रम चलाउने पत्रकारहरु रहन्छन ति पत्रकार नरहेर ब्यापारी/ब्यबास्यी र अन्य क्षेत्रकै “जो संग त्यो समय किन्न सक्ने क्षेमता रहन्छ”उनै ठेकेदारको ठेक्कामा समय चल्छ र कलाकारहरुको सृजना सोहि माध्यमबाट बिभिन्न तोकिएको रकममा प्रोमो सिस्टमले प्रशारण हुने गर्दछन र कलाकारितामा देखिएको धरासायी स्थितिलाई थप साथ/सपोर्ट मिल्ने देखिन्छ जसले गर्दा कलाकार झन् ठगिन पुग्छन अनि कला पत्रकारिता सिधै प्रित पत्रकारितामा पर्न जान्छन।जो कार्यक्रम संचालन गर्ने व्यक्ति हुन्छन,प्रश्न सोध्ने व्यक्ति हुन्छन सबै कलाकारका अबिग्य जसलाई के प्रश्न गर्ने भन्नेनै थाह हुन्न अनि पत्रकारिताको खिल्ली उड्ने गर्दछ बाटोमा कुरा काट्ने गर्छन “फलानोको कार्यक्रम त् त्यस्तो यस्तो” यावद।
    युटुबे प्रित पत्रकारिता र सस्तो लोकप्रियता:-
    हाल नेपालमा संचालनमा आएको न्युज र अन्तर्वार्ता दिने/लिने युटुब च्यानलहरु हेर्ने हो भने ८०% च्यानलहरु र च्यानलका संचालकहरु केवल आफुलाई समय कसरी कटाउने र के गरेर ,कसलाई नाग्याएर,कसलाई अस्लिल प्रश्न गरेर युटुबबाट डलर कमाउ भन्ने सपना देखेर खुलिएको देखिन्छन भने बाँकी २०% च्यानल जसको भ्युज दैनिक १ हजार काट्न मुस्किल हुन्छ जसले उत्पादन गरेका अधिकांश प्रोडक (अन्तर्वार्ता/न्युज/अन्य बिबिध सामग्री)पनि थोप्पो जान्नन।कारण हो दर्शक श्रोता वाक्क दिक्क भैसकेकी यी सब अस्लिल अन्तरबार्ता अपलोड गरि सस्तो लोकप्रियतामा केन्द्रित च्यानलका कारण।त्यसोत हेर्ने हो भने ति अस्लिल अन्तरबार्ता तथा टाइटल भएका भिडियोहरु अत्याधिक चल्ने गरेको पाईन्छ भने राम्रो सामग्री नचल्ने देखिन्छ।हामीले त्यस्ता अस्लिलता सामग्री प्रस्तुत गर्ने च्यानललाई पनि सोधेका थियौ किन यस्तो समाजले नपच्ने बस्तुहरुलाइ बाहिर ल्याउछौ ?उतरमा यही आउथ्यो “हामीले उत्पादन गरेको ८० ओटा राम्रो भिडियोमा थोप्पो दर्शकले नजर दिएनन २० ओटा केहि टाइटल तोडमोड गरिएको अन्तरबार्ता भने करोड जान्छ अनि के चल्छ त्यसैमा हिड्नु परेन?”अब यी बिषयमा भने सबै दर्शकलाइ मैले थमाए के हेर्ने के नहेर्ने आफैले बुझ्नु।
    माथिको यी दुई बिषय बस्तुलाई बाहिर ल्याउदा अधिकांश कुराहरु बाहिर आउन सकेको छैन

    कसरी कला पत्रकारिता प्रित पत्रकारिता भनेर :-
    कला पत्रकारितामा अहिले जे नभएको हुन्छ त्यसलाई नहुने बिषयबस्तु बाहिर ल्याएर कसैको जीवनमा आक्षेप लाग्नेगरी कुनैपनि जानकारी बिनै अरुको जीवनमा दाग लाग्नेगरि लागि पर्ने गरेको देखिन्छ जसलाई रोक्ने कसले ? पत्रकारहरुको बिभिन्न संघ सस्था त् छन वास यी काम क्रियाकलाप नगर भन्ने मात्रै भए गर्नेलाई कारबाही भएन जसले गर्दा अहिले अधिकांश अनलाइन पत्रकारहरु अरुकै देखेको भरमा संचालन गर्छन र गाह्रो अप्ठ्यारो पर्न थालेपछि के गरेर पैसा कमाउने भन्ने धारणा बढ्छ र उसले केहि न केहि बिषय बस्तुलाई बाहिर ल्याउछ र भ्यु बढाउने तरिकाले उसले प्रित पत्रकारिता गर्न थाल्छ उसलाई थाह हुन्नकि उसले गरेको क्रियाकलापले झन् उल्टो अप्ठ्यारो थपियो।

    यी कुराहरुलाई तत्काल रोकिएन भने अब बाँकी सत्य पत्रकार पनि अन्तिममा बाध्य भएर गलत क्रियाकलापमा लाग्न बाध्य हुन्छन ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य