सुन्दरी मोडल तथा गायिका सुशिला स्वर संगै अभिनयमा जम्दै निकै व्यस्त


  • -लालिगुराश सम्बाद दाता
  • बिहि, असार १, २०७४

    काठमाडौँ : झट्ट हेर्दा नायिका जस्ती देखिने सुन्दरी गायिका शुशिला पाठक बहु प्रतिभाकि धनि तथा एक बहु आयामिक व्यक्तित्व भएकी गायिका हुन् । पुर्बको झापामा जन्मिएर काठमाडौँलाइ कर्मथलो बनाई साङ्गीतिक क्षेत्रमा आफुलाई स्थापित गराउन सफल चर्चित नाम हो शुशिला पाठक । । संगीतकार शिला बहादुर मोक्तान तथा मनोजराज सिवाकोटी बाट गीत संगीत सिकेकी सुशिला छोटो समयमा नै चर्चा क
    माउन सफल भएकी छिन् । गायिका शुशिला सांगीतिक क्षेत्रमा उदाउदो नक्षत्रको रुपमा संगीत प्रेमी नेपालीहरु बीच परिचित हुदै गएकी पनि छिन् ।
    दर्जनौ गीतहरुमा आफ्नो सुमधुर आवाज दिएर नेपाली सांगीतिक क्षेत्रमा स्थापित हुन प्रयासरत गायिका शुशिलाको आवाज भने जादुमय रहेको छ l त्यसो त गायिका शुशिलाको आवाजमा मिठास त छदै छ, त्यो भन्दा अझ उनको सुन्दरताले गर्दा उनिनायिका जस्ती गायिका बन्न सफल भएकी हुन् । उनमा हर किसिमको गीत गाउँ सक्ने क्षमता हुनको साथै नृत्यमा पनि त्यतिकै पोख्त छिन् । रोमान्टिक गीत ,आधुनिक गीत, क्यासिक गीत, लोक पप तथा अन्य सबै खाले गीत गाउने गायिका सुशिलामा हरप्रकारका गीत गाउन सक्ने क्षमता छ । उनि भन्छिन ‘म गायन र मोडलिङलाइ संगै लिएर जान्छु र यो क्षेत्रमा आफ्नो लक्ष्य प्राप्ति गर्छु’ ।चाडैनै नेपाली सांगीतिक बजारमा आफ्नो बहु प्रतिक्षित एल्बम लिएर आउन लागेकी शुशिलाको उक्त एल्बममा जम्मा ६ वटा गीतहरु समाबेश हुने छ । सबै गीतहरु उत्तिकै मेहनत गरेर बनाईएको हुदा सम्पुर्ण नेपालीहरुको मन मुटुमा बस्न सफल हुने कुरामा शुशिला ढुक्क । आफ्नो सांगीतिक यात्रा संग संगै सामाजिक कार्यलाइ समेत निरन्तरता दिदै आएकी शुशिला भोलिको दिनमा एक राम्रो समाजसेवी भएर राष्ट्रको सेवा पनि गर्न चाहन्छिन् । आफुलाइ गायिका तथा मोडेल भनेर चिनाउन चाहने यी गायिका सुन्दर तन संगै सुन्दर मनकि पनि धनि छिन् ।

    उनलाई एक बहु प्रतिभाशाली, भर्सलटाइल गायिका तथा मोडेल भन्न सकिन्छ, साच्चै उनीमा हर प्रकारको गीत गाउन सक्ने क्षमता पनि छ, त्यसैले त उनि भन्छिन ”गीत संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ “। गायिका तथा मोडल शुशिला भन्छिन “नेपाली गीत संगीत तथा संक्रिती भनेको हाम्रो सम्पति हो यसलाई बचाई राख्नु अनि संरक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तब्य पनि हो ।”

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य