कसरी बनिन गायिका सुदूरपश्चिमकि देउडा रानी चाँदनी मल्ल?(मल्लको बायोग्राफी संगै उनका तस्बिरहरु)


  • -चक्र साउद -आर सी
  • शनि, साउन २८, २०७४

    chandani malla biography

    चक्र साउद आर सी
    काठमाण्डौ,
    नेपाली मौलिक सृजनाको जगेर्नामा निरन्तर लागिपरिरहेकी पछिल्लो पुस्तकि चर्चीत देउडा गायिका /नायिका तथा संचारकर्मी चाँदनी  मल्ल “बिष्ट”अहिले निकै व्यस्त छिन। सुदुर तथा मध्यपश्चिमको सस्कृतिलाई उत्थान गर्न लागि परेकी छन ।
    “देउडा गीत हाम्रो मौलिक सांस्कृतिक धरोहर हो, यसको जगेर्ना हुनुपर्छ,” उनी भन्छिन्, “हिजोआज आधुनिकताको नाममा हामी देउडा गीत गायनको मूल मर्म नै बिर्सिएर अगाडि बढेका छौं ।

    नाम :चाँदनी मल्ल “बिष्ट”
    पतिको नाम :शंकर सिंह बिष्ट
    छोराको नाम :सुप्रिम बिष्ट
    बुबाको नाम :जित बहादुर मल्ल
    आमाको नाम :खड्केस्वारी देवी मल्ल
    जन्म मिति :२०३८/०९/१२
    शिक्षा :मास्टर्स क्लिएर ,म्यूजिक मा पनि मास्टर रनिङ्
    सम्पर्क माध्यम :फेसबुकमा
      : https://www.facebook.com/mallachandani

    चाँदनीको बारेमा बाँकी जानकारी :

    उनी भन्छिन “खास पश्चिमीपनलाई पाखे भन्न थाले, वास्तविक देउडा गीत त हाम्रा ईजुबाजेका पालाकै हुन् । समाजका तितामिठा शब्दहरूलाई टपक्क टिपेर गीत सिगारिएका छन ।अहिले पहिलेको जस्तो शब्द र भाका समेटको गीत बजारमा ल्याउन सक्यो भने त्यहीँ भित्र झल्किने छ हाम्रो सिङ्गो देश नेपालको पहिचान ।chandani malla
    देउडा गितमा “माटो”बोल्नु पर्छ ,दुर-दराज बस्तिको “पीडा”बोल्नु पर्छ, हिमाल ,पहाड , तराई बोल्नु पर्छ आम सुदुरपश्चिम बासिको “मन” बोल्नु पर्छ बास्तबिक देउडा त्यहीँ हो ।
    २०५९ सालदेखि गायिकाको रुपमा पहिलो पटक सांगीतिक यात्रामा प्रबेस गरेकी गायिका मल्लको पहिलो गीत “हिउदको तमाखु लाउन्या” बाट सांगतिक क्षेत्रमा प्रबेस गरेकी हुन् भने “ऐसेलु पाक्याका बन” मल्लको पहिलो गीति एल्बम हो ।

    पिता जित बहादुर मल्ल र माता खड्केस्वारी देवी मल्लको कोखबाट २०३८ साल ९ महिना १२ गते डोटीको लानाकेदारेश्वरमा जन्मिएकी मल्लको बाल्यकाल सुखमय र संगित मै बित्यो ।उनी सानै देखि चुलबुले र चन्चले स्वभाव कि थिईन। देउडा सस्कृतिमा हुर्केकी मल्ललाई आधुनिकताले भने अझै छोएको छैन । गित संगितमा पोख्त गायिका मल्ल भन्नुहुन्छ –

    “कोइलाइ माया सम्पतिको कोइलाइ माया नाउँको
    संस्कृति संरक्षण गरौं आफ्ना ,आफ्ना ठाँउको “

    देउडा संस्कारले मलाई बाच्न सिकाएको छ यसको जगेर्ना गर्नु मेरो कर्तव्य हो ।”

    २०६२ सालमा रेडियो नेपाल बाट स्वर परिक्षा पास गरेकी मल्ल संगित र संचार क्षेत्रमा पनि निरन्तर लागिरहेकी छिन । अध्यान अध्यापनमा पनि निकै अगाडी रहेकी मल्लको पारिवारिक जीवन पनि सुखमय रहेको छ । पति शंकर सिंह बिष्ट संग बैबाहिक जीवनमा बाधिएकी चादनीको पति शंकर पनि पत्रकार तथा कलाकार हुन् ।

    २०६५ सालबाट सास्कृति सस्थांमा गायिकाको रुपमा कार्यरत चादनी गत २०६७ सालदेखि २ बर्ष सम्म माउन्टेन टेलिभिजनमा कार्यक्रम बादुली संचालन गर्दै आएकी संचालिकाको रुपमा चिनिदै आएकी छिन ।

    २०६८ मा हिमालयन टेलिभिजनमा कार्यक्रम उत्पादकको रुपमा रहेकी चादनी हाल टिभी टुडेमा संचालिकाको रुपमा कार्यरत छिन । सुदूरपश्चिम लोक सस्कृति संरक्षण मंच नेपालको कोषाध्यक्ष समेत रहेकी छिन ।
    प्रया सबैको मन मुटुमा बस्न सफल गायिका मल्लले गित सङ्गित कै शिलशिलामा देश भित्र र देश बाहिर विभिन्न देशहरूमा गएर मन्ध मन छुने सुरिलो स्वर पस्किसकेकी छन । सबैको नजरमा गडेकि गायिका मल्लले डेनमार्क ,कत्तार ,दुबई ,मलेशिया ,सुडेन , सिङ्गापुर र ईन्डिया ( ब्याङलोर , दिल्ली ,मुम्बई ,सिक्किम ,दार्जिलिङ ,नागल्याण्ड,र कोलकत्ता) देश बाहिर भम्रण गरि विभिन्न प्रस्तुति दिईसकेकी छन ।
    गायिका मल्लले गरेको काम प्रति सद्भाव तथा उहाँले देउडा सस्कृती जगेर्नाको लागि गरेको कामको सम्मानको रुपमा विभिन्न संघ संस्थाबाट सम्मानित हुनु भयो ।chandani malla

    चादनी मल्लले हाल सम्म पाएको सम्मानहरु :-
    -पूर्ण चन्द्र रेग्मी पुरस्कार -पद्मकन्या क्याम्पस बागबजारबाट,२०६७ साल ।
    – गोपाल योन्जन पुरस्कार,स्नातक गायन तथा संगीत बिषयमा-पद्मकन्या क्याम्पस बागबजारबाट,२०६७ साल ।
    -नेपाली लोक सस्कृति कला केन्द्र धनगढीमा शु.प सम्मान पहिलो नायिका डोटेली फिल्म ” गौरी “,२०७० साल ।

    प्रकृति,सास्कृती तथा आफ्नै रितिरिवाजसङ्ग हेलमेल हुन रुचाउने मल्लले गाउनु भएको चर्चित गित “सुदुर पश्चिम स्वर्ग सरि” ले संगित क्षेत्रमा थप चिनाउन उर्जा थप्यो ।

    मल्लले जति पनि गितमा स्वर दिनु भएको छ समय परिवेश र समाजमा घटेका तथ्या घटनासङ्ग सम्बन्धित छन भने केही प्राकृतिसङ्गै जुधेर जीवन सङ्ग मेल खाने शब्द टपक्क टिपेर आफ्नो गायिकिपनलाई निर्खाता ल्याउदै एक पछि अर्को गरि हाल सम्म निम्न गितहरु तपाई हाम्रो सामु ल्याईसकेकी छन ।

    ढल्क्यो जोबन (मल्लको पहिलो एल्बम )

    को होई रानिबन घसारी
    पराईको सिन्दुर
    रानिबन ऐसेलु झुल
    मायाको आचल
    लोक देउडा (VCD)
    रैगयो झ-झल्को
    म जन्मेको गाउँ (तिहार गित)

    जस्ता समसामयिक तीन दर्जनौं भन्दा बढि गित र विभिन्न भाषाभाषी गित र गौरी, छाउपडी , र सायद चलचित्रका गितहरुमा समेत स्वर दिईसकेकि गायकी मल्लले नारीका जलन्त पीडाले भरिएको तिज गित गाउन पनि छुटाउनु भएन ।

    चेलिको व्यथा

    नेपालको कानुन दैबले जानुन
    नारी वेदना

    छुट्टै पहिचान बनाई सकेकी चादनीले आफ्नो गायकिपन सङ्गै दर्जनौ भन्दा बढी बिभिन्न विधाहरु सोरठी ,झ्याउरे ,कौडा,मारुनी,थारु,हुड्के,तामाङ्ग सेलो,छलिया,संगिनी ईत्यादी बिधामा सहभागिता गरेकि छन भने यसका साथै चलचित्रमा समेत प्रबेस गरिसकेकी गायिका तथा नायिकाको रुपमा देखिएकि चादनीले सुदूरपश्चिमको पहिलो डोटेली फ्लिम “गौरी” र “छाउपडी”मा अभिनय गरेकी छिन भने चलचित्र गोर्खा पल्टनमा नृत्य तथा अभिनय गरिसकेकी छिन ।

    दर्जन भन्दा बढी गीत संगीत र चलचित्र विधाहरुमा अभिनय गरिसकेकी चादनीले धेरै सडक नाटक देखि रेडियो नाटक सम्म अभियान गरि सकेेेेकी छन । अहिले सम्म धेरै नै चेतनाामूलक नाटक मञ्चन गरि सक्नु भएकि मल्लले रेडियो नाटक मई सरि सुनाखरी,चेतनामूलकमा पनि हाल प्रमुख पात्रको रुपमा काम गरिरहेकी छिन।त्यस्तै अर्को डोटेली भाषाको चेतनामुलक नाटक “भन्छिन आमा”मा पनि प्रमुख पात्राकै रुपमा रहेकी मल्ल हाल अन्य विधामा पनि व्यस्त छिन।

    चादनीले सुदूरपश्चिमको लोक सस्कृति मंच द्वारा आयोजित बिभिन्न सांगीतिक कार्यक्रम देउडा बिशेष संयोजकको रुपमा रही कार्यक्रम सम्पन्न गर्दै आएकी मल्लले पुर्व मेची देखि पश्चिम महाकाली सम्म आफ्नो प्रस्तुति देखाउन पुगि सकेकी छिन ।

    अन्ततः सदैव देउडा सस्कृती जगेर्ना गर्न लागि पर्ने देउडा सस्कृतिकि धरोहर बहु-प्रतिभाशाली चादनि मल्ललाई हाम्रो सादुबाद,यात्रा निरन्तर चलोस लालिगुराश डटकम को तर्फबाट सुभकामना।
    तस्बिरमा संलग्न :
    फोटोग्राफर:राजेन्द्र जीएम
    स्टुडियो :पन्चकन्या  डिजिटल  फोटो स्टुडियो ,बालुवाटार चोक
    कोरियोग्राफर :कमल सरगम (९८४३१९४५५५)

    चादनिका तस्बिरहरु :
    chandani malla chandani malla chandani malla chandani malla

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य