प्रधानमन्त्री देउवा र प्रचण्ड चुनावी सभा सम्बोधन गर्न देशदौडाहामा निस्किँदै

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, असार ६, २०७४

    काठमाडौं, ६ असार । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावी सभालाई सम्बोधन गर्नको लागि एक दुई दिनभित्रै जाने तयारी गरेका छन् ।

     

    प्रधानमन्त्री देउवा निकट उच्च स्रोतका अनुसार चुनावी सभालाई सम्बोधन गर्नको लागि दुवै नेताहरु सुरुमा सुदुरपश्चिमतर्फ जाने भएका छन् । चुनावी तालमेल समेत गरेका कांग्रेस र माओवादी केन्द्रले केही हप्ताभित्रै संयुक्त चुनावी सभा गर्ने भएका छन् ।

    देउवा र प्रचण्डले दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका महत्वपूर्ण स्थानहरुमा चुनावी सम्बोधन गर्ने तयारी गरेका छन् । खासगरी, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका लगायतमा आफ्नो पकड जमाउनको लागि संयुक्त रुपमा देउवा र ओलीले सम्बोधन गर्ने तयारी पुरा भैसकेको स्रोतको दाबी छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य