स्थानीय बासिन्दाको चर्को विरोधपछि बौद्ध सडक तत्काल कालोपत्र हुने….

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, बैशाख २७, २०७६

    साँखु। लामो समयदेखि अलपत्र चावहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ।धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले हिजो बिहीबार यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानार्कषण गरेका थिए। सडकमा उत्रिएका आन्दोलनकारी र उक्त सडकखण्ड निर्माण गर्न ठेक्का पाएको युनाइटेड विल्डर्सबीच छ बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको छ।

    स्थानीय बासिन्दा, व्यापारी तथा उक्त सडकखण्ड कालोपत्र गर्ने ठेकेदारबीच भएको सम्झौताअनुसार आइतबारदेखि नै कालोपत्र गर्ने काम ठेकेदार कम्पनीले शुरु गर्ने सहमति भएको छ।

    बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईंले कालोपत्र गर्नुपूर्व रोलर लगाउने, सबवेस, बेस बनाउने काम कार्य आजैदेखि शुरु गर्ने सहमति भएको छ। ठेकेदार कम्पनीका प्रमुख शकुन्तलालाल हिराचन, काठमाडौँ महानगरपालिका वडाध्यक्ष दीपेन्द्र लामा, बौद्ध व्यापार सङ्घका अध्यक्ष चौलागाईं, स्थानीय बासिन्दा तथा टुसाल युवा क्लबका प्रतिनिधिसहित बसेको बैठकबाट सहमति भएको चौलागाईंले जानकारी दिए।

    बिहीबार बिहान ८ः३० बजेदेखि शुरु भएको आन्दोलनमा प्रहरीले व्यापक बल प्रयोग गरेको थियो। प्रदर्शनमा उत्रिएका एक दर्जन आन्दोलनकारी घाइते भएका थिए भने प्रहरीले आन्दोलनलाई दबाउन लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो। अन्तिममा प्रहरी र स्थानीय जनप्रतिनिधिको विशेष भूमिकामा ठेकेदारलाई नै ल्याएर सहमति गर्ने वातावरण बनेपछि आन्दोलन स्थगित भएको थियो।

    सहमति ठूलो उपलब्धि भएको भन्दै बौद्ध व्यापार सङ्घका अध्यक्ष चौलागाईंले सहमतिपत्रको अक्षरसः पालाना नभए आइतबारबाट पुनः अनिश्चितकालीन चक्काजामको आह्वान गर्ने चेतावनी दिएका छन्। त्यस्तै सङ्घकी कोषाध्यक्ष मेनुका श्रेष्ठले आन्दोलन फिर्ता लिएको नभई स्थगित मात्र भएको बताए। आन्दोलन रोकिएको छैन, सहमतिअनुसार काम नभए पुनः चक्काजाम गर्ने श्रेष्ठले बताए।

    चार वर्षदेखि निर्माण अलपत्र परेको चावहिल–साँखु सडकखण्डअन्तर्गतका सर्वसाधारण तथा स्थानीय व्यपारीले सडककै कारण ठूलो समस्या खेप्दै आइरहेका छन्। सरकारले विसं २०७२ मा चावहिलबाट साँखुसम्मको सडकलाई २२ मिटर चौडा र चार लेनको बनाउने योजना ल्यायो। काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो।

    कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडक विस्तारको जिम्मा पाएका थिए। तर अहिलेसम्म उक्त सडकखण्डले पूर्णता पाउन सकेको छैन।

    यसमा तपाइको मत

    ट्वीटर

    देश बाट अन्य

    जङ्गलकोको एकान्ता होटलमा भेटिएकी एक महिलाको शरीरभरि चोट,श्रीमानको विदेशमै ज्यान गएपछि सासुले घरबाट निकालिन,परिवारको बिल्लीबाठ

    एउटा नारी जो आफ्नो सिन्दुरको लागि माइती त्यागेर घर सम्म पुग्छिन त्यो नारीको जीवनमा एउटा बज्रपात थपिन्छ।घरमा पुग्दा श्रीमानको पहिलेनै बिबाह भएको र जेठी श्रीमती घरमा रहेको आफुलाई ढाटेर बिचल्ली बनाउछ श्रीमानले।यो यही कहानी...

    प्रधानमन्त्री ओलीलाई गोप्य रुपमा भेटेर आएका सुरेन्द्र केसीले किन सरकारलाईनै भने राष्ट्रघाती?

    पछिल्लो समय खरो विश्लेषण गर्दै आएका राजनीतिक विश्लेषक सुरेन्द्र केसीले केहि दिन अगाडी पत्रकार र उपप्रधानमन्त्री उपेन्द्र यादबबीच देखिएको बिबादको पर्दाफास गरेका छन।पत्रकारको बचाऊ गर्दै केसीले भने आफ्नै सहकर्मी यादबनै दोसी रहेको बताए। लामो समय...

    युटुबबाट केटा खोजिरहेकी सोनीकालाइ आयो अचम्म महिलाको बिबाह प्रस्ताब,३ जना संग बिहे गर्ने तयारी!

    पछिल्लो समय युटुबमा भाइरल रहेको सोनीका रोकायाले आफुलाई केटा खोज्न युटुब प्रयोग गरेको भिडियो बाहिर आएको छ।आमालाई फोन गरि लाइभ केटा खोजिदिन अनुरोध गरिरहेकी सोनिकाले अब युटुबबाट नै केटा खोज्ने र बिहे गर्ने उनले...

    ललितपुर अन्जना हत्याकाण्डले लियो भयानक रुप:अन्ततःवडाअध्यक्ष स्थानीय सम्मले खोले हत्याको रहस्य-के यो सत्य हो?

    नेपाली सांगीतिक क्षेत्रमा ‘सुन साइली’ बोलको गीतले निकै राम्रो चर्चा कमायो। गीतमा अडियो इन्जिनियरिङ गरेका थिए उज्वल महतले। उनै सुन्दर गीतका म्युजिसियनमाथि बिहीबार गम्भीर आरोप लागेको छ। आफ्नै घरमा बुहारीको निर्मम हत्या गरेको आरोपमा...

    पत्राकार र मन्त्री लफडा :मन्त्री जस्तोले प्रश्नको उत्तर दिन नसक्ने भन्दै उपेन्द्र यादवमाथी सुरेन्द्र केसीले दिए यस्तो चेतावनी

    पछिल्लो समय खरो विश्लेषण गर्दै आएका राजनीतिक विश्लेषक सुरेन्द्र केसीले केहि दिन अगाडी पत्रकार र उपप्रधानमन्त्री उपेन्द्र यादबबीच देखिएको बिबादको पर्दाफास गरेका छन।पत्रकारको बचाऊ गर्दै केसीले भने आफ्नै सहकर्मी यादबनै दोसी रहेको बताए। लामो समय...

    २ घण्टामै करोडपति बने राजिब !

    काठमाडौं- मोरङका राजीव जैनले को बन्छ करोडपतिमा १ करोड जितेका छन् । को बन्छ करोडपतिमा एक करोड जित्ने उनी पहिलो नेपाली हुन् । मोरङका जैन व्यवसायी हुन् । भारतको विश्वविद्यालयबाट एमबिए गरेका जैन यो कार्यक्रमको...

    प्रहरीले पक्राउ गर्यो म्युजिक नेपालका म्यानेजर थापालाइ-कारण सहित

    २९ वैशाख, काठमाडौं । प्रहरीले म्युजिक नेपालका म्यानेजर उज्जवल थापालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले थापालाई पक्राउ...

    निगमको चार वटै जेट विमान खरिद प्रक्रियामै त्रुटि

    काठमाडौं, २८ बैशाख । संघीस संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले २०७१ र २०७५ सालमा गरी दुई पटक भित्र्याएका एयरबस कम्पनीमा चार वटा जेट विमान खरिद प्रक्रियामै त्रुटि रहेको औँल्याएको छ...

    देशभरको तीन दिने मौसम ; मेघ गर्जने र हावाहुरीसहित वर्षा

    काठमाडौं। जल तथा मौसम विभागले तीन दिनसम्म देशभरी मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने जनाएको छ। विभागले देशभरी शनिबार, आइतबार र सोमबारसम्म आंशिक देखि सामान्य बदली भई केही स्थानहरुमा मेघ गर्जन र हावाहरीसहित वर्षा हुने...

    सरिता हत्याकाण्डको बाहिरियो उनकै सासुबाट रहस्य,यसरी भएको रहेछ हत्या,फर्किए आगो लगाइददिने चेतावनी

    काभ्रे हत्याकाण्डको पछिल्लो अपडेट बाहिरिएको छ।उनको हत्या १३ दिन पछि सासु मिडियामा आएकी छिन।बुहारी मार्ने प्लान अगाडीनै रहेको भन्दै सासुले सबै बास्तबिकता मिडियामा खोलेका हुन्।उनको हत्या कसरी भयो भन्ने प्रश्न यो बेला मिडियामा...