आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिने : प्रधानमन्त्री ओली

  • -लालिगुराश सम्बाद दाता
  • बुध, जेष्ठ २९, २०७६

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिने बताए।

    बिबिसी वल्र्डका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको पनि स्पष्ट गर्न नेपाल बेल्ट एण्ड रोड इनिसियटिभमा सहभागी भएको बारेको प्रश्नमा उनले भने, ‘‘हामी लगानीका लागि आमन्त्रण गर्छौँ ।

    हामी आवश्यकता तथा प्राथमिकतानुसार ऋण स्वीकार गर्छौँ, जथाभावी स्वीकार गर्दैनौँ । हामी अरुको अनुभवका विषयमा कुरा गर्न चाहँदैनौँ । हाम्रो अनुभवमा हामी यसलाई व्यवस्थापन गर्न सक्छौँ र यसको हिसाबकिताब पनि गरेका छौँ ।’’

    विकासका संरचना निर्माण गर्दा वातावरणमा पर्ने प्रभावका विषयको प्रश्नमा प्रधानमन्त्री ओलीले वातावरण सन्तुलनका लागि नेपालले निकै योगदान दिएको बताउँदै यस वर्ष एक करोडभन्दा बढी रुख रोप्ने अभियान चलाइने जानकारी दिए । उनले भने, ‘‘हामीले २५ लाख रुख काट्यौँ भने ५० लाख रुख रोप्न सक्छौँ । हामी नदीका लागि पनि काम गरिरहेका छौँ ।

    हामीसँग ४५ प्रतिशत भूभागमा वन छ। नेपालको १७ प्रतिशत भूमि हिउँले ढाकेको छ, १३ प्रतिशत भूमि सबै मौसममा हिउँले ढाकेको हुन्छ । यसले पानी पुनःभण्डार र सञ्चयमा सहयोग गरिरहेको छ । यसले वायु र भूमिलाई चिसो पनि बनाइरहेको छ ।

    हाम्रो वनले निकै योगदान दिइरहेको छ । वातावरणीय प्रश्नका लागि हामीसँग ६२ प्रतिशत भूमि छ ।’’ उहाँले विकासको कुरा गर्दा वातावरण क्षय र लापरवाहीको प्रश्न सधैँ देखिए पनि नेपाल यसप्रति सचेत भएको उल्लेख गरे । कार्यक्रमको आरम्भमा नवीनसिंह खड्काको सगरमाथा चढ्न जाने यात्रुको लामो लाममा आरोहीले घण्टौँ पर्खनुपर्ने अवस्थाको प्रस्तुति थियो ।

    यस वर्ष ११ आरोहीको मृत्यु भएको समाचारमा देखाइएको थियो । प्रस्तुतिमा एक आरोही अलन आर्नेटले सगरमाथामा यस वर्षको घातक अवस्थाका तीन कारण – सीमित उपयुक्त मौसम दिन, बढी अनुमति तथा बजार प्रतिस्पर्धाका कारण कम्पनीले प्रस्ताव गरेको न्यूनमूल्य रहेको बताएका थिए ।

    प्रधानमन्त्री ओलीले यस विषयमा अनावश्यक हल्ला चलेको बताउँदै त्यत्ति धेरै अनुमति नदिइएको स्पष्ट गरे । ‘‘आरोहीले राम्रो मौसमका लागि कुरे । कहिलेकाहीँ उनीहरुले धेरै दिन कुर्नुपर्छ । यसमा पुनःविचार गर्नु आवश्यक छ । हल्ला गरिएझैँ जटिल अवस्था होइन’’, उनले भने ।

    आगामी दिनमा आरोहीलाई अनुमति दिँदा र सम्बन्धित अधिकृतका विषयमा पनि ध्यान दिइने बताउँदै उनले यातायात अवरुद्ध भएकैले आरोहीको मृत्यु भएको कुरा साँचो नभएको स्पष्ट गरे । “हामीले केही नियममा संशोधन गरेका छौँ । पथप्रदर्शकको सङ्ख्या, अक्सिजन सिलिण्डरको सङ्ख्या, तयारी आवश्यकता, आरोहणको उचित सङ्ख्या आदिका विषयमा हामीले संशोधन गरेका छौँ’’, प्रधानमन्त्री ओलीले भने।

    यसमा तपाइको मत

    ट्वीटर

    देश बाट अन्य

    गण्डकी प्रदेशलाई ३२ अर्ब १३ करोडको बजेट …

    १ असार, पोखरा । गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १२...

    कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट ल्यायो…..

    सुर्खेत । कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि उक्त बजेट ल्याएको हो । आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले ३४ अर्ब ३५...

    सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द गर्न आह्वान

    काठमाडौं । हिन्दु धर्मसँग सम्बन्धित संघ, संस्थाहरुले सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आह्वान गरेका छन्। विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो मी...

    ‘साइबर क्राइम’ अभियोगमा थुनामा रहेका प्रनेश गौतम तारेखमा रिहा ….

    काठमाडौं । ‘साइबर क्राइम’ अभियोगमा थुनामा रहेका प्रनेश गौतम रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंको आदेशमा आइतबार गौतम साधारण तारेखमा रिहा भएका हुन् । साइबर क्राइम मुद्दामा महानगरीय अपराध महाशाखाको टोलीले जेठ २७ गते गौतमलाई...

    आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा नेता पौडेलको जोड

    चितवन। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । आज यहाँ पत्रकारसँगको कुराकानीमा उनले महाधिवेशन नियमित हुनुपर्ने आवश्यकता औँल्याएका हुन् । पार्टीको चार वर्षको कार्यकाल...

    प्रचण्ड गर्मीका कारण धनुषाका विद्यालयहरु बन्द

    धनुषा । प्रचण्ड गर्मीका कारण धनुषाका विद्यालयहरु बन्द गरिएका छन् । जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ धनुषाले अत्यधिक गर्मी बढे सँगै असार २ गतेदेखि ६ गतेसम्म ५ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको...

    विज्ञापन फिर्ता नलिएको भन्दै एक समुहले गरे लोकसेवा आयोगमा तालाबन्दी

    काठमाडौ, १ असार । लोकसेवा आयोगले निकालेको विज्ञापन फिर्ता नलिएको भन्दै एक समुहले प्रदेश नम्बर २ स्थित महोत्तरीको जलेश्वरमा रहेको लोकसेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ। मधेस अधिकार संघर्ष समितिले तालाबन्दी गरेको हो...

    वाइडबडीबारे फेरि बोले प्रधानमन्त्री ! दोषीमाथि कारबाही हुन्छ….

    १ असार, काठमाडौं । वाइडबडी प्रकरणबारे बेलाबखत विरोधाषपूर्ण अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले यही विषयमा फेरि मुख खोलेका छन् । यसअघि तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको बचाऊ गर्दै बोल्ने क्रममा प्रधानमन्त्री ओलीले तत्कालीन मन्त्री...

    सातै प्रदेश सरकारले आज बजेट ल्याउँदै, कुन प्रदेशको कति बजेट ?

    काठमाडौं- सातै प्रदेशका सरकारले आज आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दैछन्।संघीय सरकारले भने १५ जेठमै बजेट ल्याइसकेको छ। ‘अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४’ अनुसार संघले १५ जेठ, प्रदेशले १ असार र स्थानीय...

    धर्म संस्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा पनि गुठी बिधेयकमा राखिदैन : प्रधानमन्त्री ओली

    काठमाडौ, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने बताएका छन् । युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किएका ओलीले विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दे धर्म संस्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा...