सरकारले टुङ्गो लगायो सात ओटै प्रदेश का राजधानी , कुन प्रदेशको राजधानी कहाँ ? सुची सहित

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बिहि, मंसिर २१, २०७४

    ठमाडौँ । सरकारले सातओटै प्रदेशका अस्थायी राजधानीको टुङ्गो लगाएको छ । निर्वाचनपछि प्रदेशको कामलाई अप्ठ्यारो नहोस भनेर सरकारले तत्कालका लागि अस्थायी राजधानी तोक्ने छ । २२ गते बस्ने मन्त्रिपरिषद बैठकबाट त्यसको निर्णय हुनेछ ।

    प्रदेशको मुकाम तथा प्रदेश प्रमुख तोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रस्ताव समेत तयार पारिसकेको छ । सामान्य प्रशासन मन्त्रालयले अहिले भइरहेका कामका आधारमा सहजताका लागि अस्थायी राजधानी तोक्न लागेको छ ।

    यस अघि गठन गरिएको सिफारिस समितिले ताकेका नाम मध्येबाटै अस्थायी राजधानी तोक्न लागिएको हो । प्रदेश राजधानीका लागि सामान्य प्रशासन मन्त्रालयले सातवटै प्रदेशको अस्थायी मुकाम प्रस्ताव गरी मन्त्रिपरिषद् कार्यालयमा पठाइसकेको छ । मुकाम नतोकी प्रदेशको प्रमुख तोक्न नमिल्ने भएकाले सरकारले मन्त्रिपरिषदको एउटै बैठकबाट प्रदेश मुकाम तोक्ने र प्रदेश प्रमुखको नामसमेत राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको छ ।

    सातओटा प्रदेशका पदेश नम्बर १ को सुनसरी, प्रदेश २ को जनकपुर, प्रदेश नम्बर ३ को काठमाडौं, प्रदेश नम्बर ४ को पोखरा, प्रदेश नम्बर ५ को दाङ, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को धनगढीलाई अस्थायी राजधानी बनाउने तय भएको छ । प्रदेशको अस्थायी मुकाम तोक्नेबित्तिकै प्रदेशको कार्यालय, प्रदेश सभा सञ्चालनका लागि भवनको व्यवस्था हुने बताएको छ ।

    प्रदेश राजधानी तोकिने सम्भावित क्षेत्रमा भवनको खोजी भइरहेको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । पहिलो वैठक बस्नका लागि सार्वजनिक हल, पार्टी प्यालेस, क्षेत्रीय तालिम केन्द्र लगायतलाई सूचीमा राखिएको मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले जानकारी दिए ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य