कार्यकर्ता भन्छन “जित वाम गठबन्धनको पक्का”-काभ्रे कोशीपारीमा उत्साह जनक रुपमा सकियो मतदान


  • -लालिगुराश सम्बाद दाता
  • बिहि, मंसिर २१, २०७४

    बिक्रम गौतम
    काभ्रेपलाञ्चोक।
    आज भैरहेको निर्वाचनमा उत्साहजनक रुपमा मतदान भएकोछ । काभ्रेका बिभिन्न भेगमा पनि मतदाताहरुले आ–आफ्नो मतदान केन्द्रबाट मत जाहेर गरिरहेका छन् भने केहि क्षेत्रमा त् मतदान सकिएर मददान कर्मचारी समेत फर्किसकेका छन। काभ्रेको क्षेत्र नम्बर १को कोशीपारी स्थित चौरी देउराली -३ माझिफेदामा भने सबै मत खसिकेको हाम्रा सहकर्मी बिक्रम गौतमले जानकारी दिएका छन।स्थानीय सभाको निर्वाचनमा भन्दा बढी संख्यामा मतदाता देखिएका थिए।

    मतदान जारी भैरहेको बेलामा काभ्रेको क्षेत्र नम्बर १ को नाग्रे गगर्चेमा भने काँग्रेस कार्यकर्ता र वाम गठबन्धनका कार्यकर्ता बीच झडप भएको थियो केहि समय पछि निर्वाचनको मतदान कार्यक्रम सुचारु भएर हाल नाग्रेको पनि मतदान कार्यक्रम सकिसकेको जानकारी आएको छ।बुट आजै धुलिखेल ल्याइने मतदान अधिकृत शिबराम थापाले जानकारी दिए।
    वाम गठबन्धनको पक्कड क्षेत्र मानिने उक्त ठाउँका कार्यकर्ता देखि स्थानीयबासीले समेत पूर्ण रुपमा वाम गठबन्धनलाइ समर्थन बाहिर आएको छ ।७५ प्रतिशत मत वाम गठबन्धनलाइ हालेको स्थानीय बासीको भनाई छ।

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य