अछामी जनताले पत्याएनन भरत स्वारलाई, अछामबाट चम्किदै रावलको भाग्य ,जित सुनिश्चित

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    आइत, मंसिर २४, २०७४

    अछाम – अछाम जिल्लाको पछिल्लो अपडेट प्राप्त भएको छ ! अस्ति राती १०:०० बजेबाट मतगणना शुरु भएको थियो । क्षेत्र नं १ मा भने निकै नै रोचक अनि कडा प्रतिस्पर्धा भएको थियो । यो सबैको चासोको विषय रहेको थियो । प्रतिनिधि सभाको पदमा भने नेता रावल जित्ने पक्का पक्की भएको छ । एमाले नेता रावलले लोकतान्त्रिकका नेता भरत स्वारलाई पराजित गर्नु भयो । एमाले उम्मेदवार रावलले ७१६४ मतान्तरले पछि पार्दै बिजयी हुनु भयो । रावलले २४,८८३ मत ल्याउनु भयो भने वहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका भरत स्वार भने १७,७१९ मत मै सिमित हुनुभयो ।

    एउटा ऐतिहासिक जित 
    अछाम जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा कसैले पनि लगातार चुनाव जितेको बिगत छैन । पंचायतकालदेखि हालसम्मका कुनै पनि चुनावमा उम्मेदवारले लगातार जित्न सकेनन अर्थात मतदाताले सबै राजनितीज्ञको क्षमताको मुल्यांकन मत मार्फत ब्यक्त गरे । सचेत मतदाताले बिभिन्न कालखण्डमा केहीलाई मौका प्रदान गरे तिनका कामको मुल्यांकन गर्दै सजाय दिए । तर, भीम रावलका हकमा भने जनता उदार बने अझ भन्नु पर्दा उनको बिद्धता पहिचान गर्दै अछामको क्षेत्र नं.१ का जनताले उनलाई बिश्वास गरे । चुनावको पूर्व सन्ध्यामा अछाम उत्रेका चल्तीका पत्रीकाका केही थान पत्रकारले लेखे ‘ भीम रावल मतदाताबिच अलोकप्रिय छन् ।’ जनताले त्यो प्रायोजित समाचार लेखक र लेख्न प्रेरित गर्ने तत्वलाई पनि आफ्ना मतबाट जवाब दिए । भीम रावल जो जन्मेको ६ दिनमै बाबुको मायाबाट बन्चित बन्यो, त्यो भीम रावललाई जनताले आफ्नो अगाध स्नेहले ओत दिईरहे । २०७० सालको निर्वाचनमा संविधान लेखनको गहन ज़िम्मेवारी सुम्पेर सिंहदरवार पठाएका जनताले उनको कामको उच्च मूल्याँकन गर्दै अव बिकास र राष्ट्रीय एकताकालागि सिंहदरवारको यात्रामा पठाएका छन ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य