OMG!अब नेपालमा पनि मोबाइल एप्सबाटै खोलाको पानी डाँडामा लान सकिने ?पढ्नुहोस

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बिहि, पुस ६, २०७४

    बेनी, म्याग्दी (रासस) : म्याग्दीमा पहिलोपटक मोबाइल एप्सको प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ सञ्चालन गरिएको छ ।

    म्याग्दी नदीको किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाइलाई एन्ड्रोइड मोबाइलको प्रयोग गरी स्थानीय कृष्णबहादुर खत्रीले म्याग्दी नदीपारिबाट सिँचाइको कन्ट्रोल र मेकानिकल सर्किटलाई चलाएर नदीबाट २५० मिटरमाथि बेनी नगरपालिका–२, खवरामा ६३ एमएलको पाइपमार्फत पानी पु¥याउनुभएको हो ।

    मोबाइलबाट सिँचाइको इनारमा प्रयोग गरिएको मेसिनको मेनस्विच २५० मिटर वरपरबाट अन गरेको पाँच सेकेण्डमै २५० मिटरको दूरीमा रहेको खवराको लब्लीहिलमा पानी खसेको हो ।

    धौलागिरि क्षेत्रमा नै पहिलोपटक म्याग्दीमा मोबाइल एप्सको माध्यमबाट सिँचाइ आयोजनाको पानी आपूर्ति बन्द र खुल्ला गर्ने प्रविधिको प्रयोग सफल भएको खत्रीले बताउनुभयो ।

    बेनी नगरपालिका–७ हुलाकचोकका खत्री इलेक्टोनिक्स सेन्टरका सञ्चालक समेत हुनुहुन्छ । यसअघि खत्रीले लिफ्ट प्रविधिको सिँचाइ आयोजना सञ्चालन गरिएको म्याग्दी नदीको मंगलाघाट क्षेत्रवाट करिब १५० मिटर दूरीमा रहेको आफ्नो घरबाटै पनि सिँचाइको मेनस्विच अन र अफ गर्नुभएको थियो ।

    जिल्लामा इलेक्टोनिक्स र प्रविधिको प्रयोगमा अब्बल रहेका खत्रीले नेपालमै एप्सको प्रयोगबाट सिँचाइलाई कन्ट्रोल गर्ने निकै कम रहेको दाबीसमेत गर्नुभयो । एप्सको एकपटक अन र अफ गर्न करिब रु चार खर्च हुने उहाँले बताउनुभयो ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य