थारु जातिको दशै,माघिको रौनक थारुसमुदायमा महोत्सव शुरु,फोटो फिचर सहित हेर्नुहोस


Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
शनि, पुस २२, २०७४

२२, पुस
तराई क्षेत्रका भूमिपुत्र थारु समुदायको विशेष पर्व माघी पर्वको अवसरमा हिजो देखि सुनसरीको रामधुनी नगरपालिकाको झुम्कामा १० दिने माघी महोत्सव–२०७४ शुरु भएको छ ।

माघी अर्थात् नयाँ वर्षका अवसरमा थारु समुदायले तिल र भुजाको लड्डु, घुँगी, चिचिर, भात, रोटी, बयिया, हाँस र कुखुरा एवं माछाको मासु तयार पारेर महोत्सव अवधिमा थारु समुदाय बीच एकापसमा शुभकामना आदानप्रदान गर्दै माघी पर्व मनाइन्छ ।


थारु समुदायले आफ्नो जातीय भेषभूषासँगै व्यवहारिक जीवनमा प्रयोग गरिँदै आएका विभिन्न सामग्री आदिका झाँकी सहित जातीय पहिरनमा धुमरा नृत्य प्रस्तुत गर्दै माघी महोत्सवलाई विशेष आकर्षण प्रदान गरिएको छ । महोत्सव अवधिमा झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, धनकुटा लगायत स्थानका थारु तथा आदिवासी जनजाति हजारौँको सहभागिता छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्र विश्वास र नवनिर्वाचित सांसद सीताराम मेहताले महोत्सव उद्घाटन गर्दै थारु समुदायको संस्कृति नेपालको पहिचान भएको बताए ।
रासस

यसमा तपाइको मत

ट्वीटर

बाट अन्य