डा. केसीको अनसन तोडन यस्तो सर्तमा, छिटो भन्दा छोटो प्रधानन्यायाधीश पराजुलीको पद छोड आदेस

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, पुस २७, २०७४

    काठमाडौं, पुस २७ – डा. गोविन्द केसी सर्वोच्च अदालतबाट विजयी मुद्रामा बाहिरिँदै गर्दा प्रधानन्यायाधीश गोपाल पराजुली सर्वोच्च नै फर्कन नसुहाउने हालतमा पुग्नुभएको छ । अदालतको अवहेलना मुद्दामा दुई दिन सर्वोच्च धाएका डा. केसीले उल्टै प्रधानन्यायाधीशमाथि नै छानबिन गर्न बाध्य पारेपछि पराजुली नैतिक र कानुनी संकटमा फस्नुभएको हो ।

    केसीलाई साधारण तारेखमा छाड्न आदेश दिएको अदालतले पराजुलीले काठमाडौं जिल्ला प्रशासनबाट लिएका दुवै नागरिकता, न्यायपरिषदबाट उमेरको सवालमा भएको निर्णय र शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु झिकाउनसमेतआदेश दिएको छ । डा. केसीले पराजुलीविरुद्ध बयानका क्रममा लगाएका ११ वटा आरोपमध्ये अदालतले दुईवटामाथि छानबिन गर्न आदेश दिएको हो । अदालतबाट छानबिनको घेरामा परेपछि पराजुलीले पदमा बसिरहन नैतिक र कानुनी प्रश्न उठेको छ ।

    त्यसो त अदालतले छानबिनको आदेश दिनु पहिले नै पराजुलीमाथि नैतिक संकट आइसकेको थियो । सर्वोच्च अदालतमा बयान दिने क्रममा डा. केसीले पराजुलीमाथि शैक्षिक योग्यता नपुगेको कुरादेखि दुईटा नागरिकता लिएको र उमेरको हद पार गरेपछि पनि प्रधानन्यायाधीशको पद ओगटेर न्यायलयलाई बद्नाम गरेको उल्लेख गर्नुभएको थियो । केसीले अदालतमा उभिएर बयानमा यो आरोप लगाउनेबित्तिकैनैतिक रुपले पराजुलीले प्रधानन्यायाधीशको पदमा रहने नैतिक हैसियत गुमाईसक्नुभएको हो ।

    पराजुलीमाथि केसीले गम्भीर फौजदारी प्रकृतिका आरोप लगाएपछि उहाँ केसीको प्रतिवादी हुनुभएको थियो । देशको न्यायालयको सर्वोच्च पदमा आसिन भएका नाताले न्यायालयको गरिमा कायम राख्न पराजुलीले विावदमा आउनुअघि नै राजीनामा दिएर छानबिनको बाटो खुल्ला गर्नुपर्ने थियो । अहिले त आफै मातहतका न्यायाधीशले नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गर्न आदेश दिएसकेपछि उहाँमाथि छानबिन प्रभावित पार्नसक्ने अर्को आरोप समेत थपिएको छ । पराजुलीका कारण नेपालको न्यायालय झन पछि झन गहिरो संकटमा फस्दै जान थालेको छ ।

    पराजुलीमाथि अदालतले नै छानबिन गर्न लागेकाले यसको स्वच्छता र स्वतन्त्रताको सुनिश्चितताको सिद्धान्तले मुद्दाको छिनोफानो नहुँदासम्म उहाँ पदमा बसिरहन उपयुक्त नहुने कानुनविदहरु बताउँछन्, जुन कुरा कानुनविदलाई भन्दा धेरै पराजुलीलाई थाहा छ । त्यसैले छानबिन नसकिंदासम्म प्रधानन्यायाधीशले पद छोड्नु नै उपयुक्त विकल्प हो । आफू प्रधानन्यायाधीश हुने हैसियतकै मान्छे हो र शैक्षिक योग्यता, नागरिकताविवाद र यसअघिका अरु फैसलाबारे लागेका आरोप निराधार हुन् भनेर प्रमाणित गर्न सकेमा जित उहाँकै हुनेछ । छानबिनको क्रममा अभियोग पुष्टि भए उहाँलाई कानुनले दण्ड दिनेछ, पुष्टि भएन भने डा. केसीमाथि कारवाही हुनेछ ।

    डा. केसीले अनसन किन नतोड्ने ?
    अदालतले साधारण तारिखमा रिहा गरेपछि डा. केसी फेरि अनसनस्थलमै फर्किनुभएको छ । प्रधानन्यायाधीश पराजुलीमाथि कारवाही नभएसम्म अनसन नतोड्ने उहाँको अडान छ ।

    एउटा कुरा प्रष्ट हो कि डा. केसीको अनसनकै कारण प्रधानन्यायाधीशमाथि लाग्दै आएका आरोप अहिले कानूनी छानबिनको बाटोमा लागेका छन् । केसीले सर्वोच्चमा कुरा उठाउनुअघि नै सडकमा पराजुलीमाथिका आरोप लागेको थियो । तर सडकमा हुँदा यो बहसको विषय मात्रै थियो, अदालतको कठघरामा उभिएर केसीले उठाएपछि यो न्यायिक मुद्दाकै विषय बन्यो । अर्थात डा. केसीकै कारण पराजुलीमाथि पहिलेदेखि लाग्दै आएका आरोपले अब न्यायिक छानबिनको बाटो समाई सक्यो ।

    डा. केसी अनसन नबसेको भए, उहाँलाई सर्वोच्चले बोलाउँदैनथियो । सर्वोच्च अदालतको कठघरामा उभिएर बोल्न नपाएको भए पराजुलीमाथि उहाँको अभियोग फोस्रो आरोप मात्रै हुन्थ्यो । एक हिसाबले यो डा. केसीको नैतिक विजय हो ।

    प्रधानन्यायाधीशमाथि छानबिन हुनुपर्छ भन्ने डा. केसीको माग पूरा भएको छ । तर अब यही मागलाई लिएर अनसन बसिरहनुको कुनै औचित्य छैन । पराजुलीलाई कारवाही नहुँदासम्म अनसन छाड्दिन भन्ने अडान लिइरहँदा यसले विधि र प्रक्रियामा विश्वास गर्नेहरुको आत्मविश्वास घट्छ भन्ने कुरा कम्तीमा पनि केसी र उहाँका समर्थकहरुले बुुझ्न जरुरी छ । नत्र केसी सडकबाटै सबैथोक गर्न सकिन्छ भन्नेहरुको नेता बन्न पुुग्नु हुनेछ ।

    सबै कुरा अनसनबाटै पूरा गराउन खोजियो भने डा. केसीका पक्षमा अहिले बढेको जनमत घट्न जान्छ । डा. केसीको अभियान राम्रो हो, तर प्रक्रिया ठीक भएन भन्नेहरु अहिले पनि छन् ।

    हो, उहाँको अहिलेसम्मको अनसनले चिकित्सा क्षेत्रमा देखिएका वेथिति र विकृति हल गर्न बल पुग्दै आएको छ । प्रधानन्यायाधीश पराजुलीमाथिका आरोप छानबिन गराउने बाटो पनि अनसनले नै खुलाएको हो । तर सबै समस्याको समाधान अनसन होइन, विधि र प्रक्रियाको बाटोबाट समस्याको हल गर्नुपर्छ भन्ने कुरा डा. केसी र उहाँका समर्थकले बुुझ्नै पर्छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य