अध्यक्ष प्रचण्डले लेखेको पत्र देउवालाई हस्तान्तरण

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, पुस २८, २०७४

    काठमाडौं । माओवादी केन्द्रबाट सरकारमा सहभागि मन्त्रीहरुले पदबाट आज सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी खोसेर विनाविभागीय बनाएको झण्डै चार महिनापछि माओवादी मन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउावसमक्ष राजीनामा बुझाएका हुन् ।

    माओवादीका तर्फबाट सरकारको नेतृत्व गरेका विनाविभागीय मन्त्री कृष्णबहादुर महरा राजधानी बाहिर रहेकाले मन्त्री पोख्रेलको नेतृत्वमा राजीनामा बुझाइएको स्वंय मन्त्री गिरिराजमणि पोख्रेललले बताए ।

    पार्टीको निर्णय अनुसार आफुहरुले राजीनामा दिएको बताउँदै मन्त्री पोख्रेलले अध्यक्ष प्रचण्डले लेखेको पत्र बुझाएको बताए । मन्त्री पोख्रेलले भने आफुलाई विनाविभागीय घोषणा भएयताको पारिश्रमिक पनि नलिने घोषणा गरेको बताए ।

    प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय जिम्मेवारी दिएका थिए ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य