डा. रामशरण महत डा.केसीलाई तह लाउछु भन्दै एकाएक केसी माथि खनिनुको कारण यस्तो पो रहेछ

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, पुस २८, २०७४

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले जुलुश निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित पार्ने काम नगर्न डाक्टर गोविन्द केसीलाई चेतावनी दिएका छन् ।

    शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अदालत भनेको स्वतन्त्र न्यायापालिका हो, यही मान्यता अनुसार स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ, कुनै दबाब वा हस्तक्षेप गर्नुहुँदैन्।’ अदालतको विषयमा पार्टीको अडान हुन नहुने उनको भनाई थियो ।

    क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘दलहरुले अदालतलाई प्रभाव पाने कुरा गर्नुहुँदैन्, यो गलत हुन्छ।’ महतले गोविन्द केसीले प्रधानन्यायाधीश पराजुलीको राजिनामा माँगेको विषयप्रति टिप्पणी गर्दै भने,‘जहाँसम्म केसीको माँग छ, राजिनामा दिने वा नदिने भन्ने कुरा प्रधानन्यायाधीशको आफ्नो कुरा हो, तर आरोपका आधारहरु प्रमाािणत गर्नुपर्छ, सत्यता हो कि होईन भन्ने कुरा आउनुपर्छ।’ आरोपका सत्यताहरु बाहिर आउनुपर्नेमा महतले जोड दिए नेपलापाना,

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य