दिनदिनै पत्रकार माथि आक्रमणको घटना बढ्दै, फेरी गोरखाका पत्रकार सुदीप कैनीमाथि आक्रमण

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, माघ २, २०७४

    २ माघ, काठमाडौं । समाचार संकलनका क्रममा गोरखाका पत्रकार सुदीप कैनीमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघले भत्र्सना गरेको छ ।

    महासंघ महासचिव रमेश विष्टले विज्ञप्ति प्रकाशित गरी पत्रकारले स्वतन्त्रतापूर्वक समाचार संकलन र सम्प्रेषण गर्न पाउने संबैधानिक र कानुनी अधिकार माथिकै आक्रमण भएको भन्दै पत्रकार कैनीको उपचार र क्षतिपूर्त्तिको व्यवस्था मिलाउन माग गरेका हुन् ।

    तनहुँको आँबुखैरेनी गाउँपालिका-३ स्थित मर्स्याङ्दी नदीको भूते रह घाटमा भइरहेकेा अवैध बालुवा उत्खननको समाचार संकलन गर्न गएका पत्रकार सुदीप कैनीमाथि सोमबार आक्रमण भएको थियो ।

    आक्रमणबाट उनको घाँटी र शरीरको विभिन्न भागमा चोट लागेको छ । कान्तिपुर दैनिकका गोरखा संवाददाता रहेका कैनीको क्यामेरा समेत फुटाइएको थियो ।
    onlinekhabar बाट साभार

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य