प्रचण्ड र ओली दुवै नबन्ने भए अध्यक्ष !कसलाई छाने पार्टीको अध्यक्षमा ?पुरा पढ्नुहोस

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बुध, फाल्गुन २, २०७४

    काठमाडौं, २ फागुन । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ताले पार्टी एकताबारे नयाँ खाका तयार पारेको छ ।

    स्रोतका अनुसार उनीहरुले उक्त खाका आ–आफ्नो पार्टीबाट अनुमोदन गराउने भएका छन् । निर्माण व्यवसायी शारदा अधिकारीको ललितपुरको मानभवनस्थित घरमा ओली प्रचण्डबीच वान टु वान वार्ता भएको थियो ।

    वार्तामा दुवै नेताहरुवीच नेतृत्वमा सह–अध्यक्षमा सहमति भएको छ । त्यस्तै एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्नेपनि सहमति भएको छ।

    ओली र प्रचण्डवीच एकीकृत पार्टीको नाम नेकपा माओवादी केन्द्र राख्ने सहमति भएको छ । त्यस्तै उनीहरुवीच दुवै नेता सह–अध्यक्ष बन्ने पनि सहमति भएको छ । आजै एकता घोषणा गर्ने वाम गठबन्धनका एक शीर्ष नेताले जानकारी दिए ।

    यसअघि मंगलबार पनि सोहि घरमा ओली प्रचण्डबीच वार्ता भएको थियो । बैठक सकिए लगत्तै नेकपा एमाले सोही घरमा पार्टीको स्थायी समितिको बैठक बोलाएको छ । आज नै दुई पार्टी सम्मिलित एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य