“अब हामी पार्टी एकता केही दिनभित्र पूरा गर्न लागिरहेका छौँ ”- प्रचण्ड

  • -लालिगुराश सम्बाद दाता
  • बुध, फाल्गुन १, २०७५

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम केही दिनमा नै सक्ने बताएका छन् । आज पार्टी मुख्यालय धुूम्रबाराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रद्धाञ्जलि’ सभामा उनले पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याएर राष्ट्रव्यापी अभियानमा लाग्ने बताएका हुन् ।

    उनले शहीदप्रति श्रद्धाञ्जलि कार्यक्रमले पार्टी एकतामा थप ऊर्जा प्राप्त गर्ने अवसर रहेको बताए । “कार्यकर्तामा पार्टी एकता जनसङ्गठनको एकता ढिलो भइरहेको बेला के होला कसो होला भनेर चिन्ता बेलाबेलामा प्रकट हुने गर्दथ्यो”, उनले भने, “अब हामी पार्टी एकता केही दिनभित्र पूरा गर्न लागिरहेका छौँ । केही दिनभित्र पार्टी एकता र जनसङ्गठनको एकतालाई टुङ्ग्याएर एउटा राष्ट्रव्यापी अभियानमा अगाडि बढ्ने छौँ ।” उनले पार्टी एकता सफल पार्न एक दुई जना नेताले मात्र नभएर सबै नेता, कार्यकर्ता लाग्नुपर्नेसमेत धारणा राखे ।

    वैचारिक र राजनीतिक रुपमा नयाँ चरणमा पार्टी प्रवेश गरेको उल्लेख गर्दै उनले भावनात्मक रुपमा अलगअलग धारमा अगाडि बढेका नेता, कार्यकर्तालाई यस्ता कार्यक्रमले एक ठाउँमा ल्याउने बताए ।

    जेठ ३ र फागुन १ गतेलाई वैचारिक राजनीतिक एकतालाई सुदृढ गर्ने र हामीभित्र सङ्गाठनिक भावनात्मक एकतालाई मजदुत बनाउने अवसरको रुपमा लिनुपर्ने उहाँको भनाइ रहेको बताए । उनले सबै राजनीतिक दलको सहमति र सहकार्यबाट मुलुकलाई छिटोभन्दा छिटो विकासका राम्रा काम गरेर जनताको सपना पूरा गर्नुपर्ने बताए ।

    “हामीले ठूला ठूला राजनीतिक परिवर्तन सबै एक ठाउँमा आएर हासिल गरेका हौँ”, उनले भने, “अहिले हामी सबैको एजेण्डा समृद्ध नेपाल र विकसित नेपाल हो । देशलाई निरन्तर अगाडि बढाउन देशमा रहेका सबै राजनीतिक शक्तिसँग सहमति र समझदारीसमेत आवश्यकता रहेको छ ।” उनले हिजो विभिन्न जनआन्दोलनमा सहभागी सबै पार्टीलाई सबै खालको भ्रम र विग्भ्रम छोेडेर मुलुकलाई साकार पार्ने दिशा सबै दल लाग्नुपर्ने बताए ।

    अध्यक्ष दाहालले लोकतान्त्रिक तरिकाले कम्युनिष्ट पार्टीको एकता र दुई तिहाइको लोकप्रिय बहुमतले प्राप्त गरेकाले कम्युनिष्टका लागि योभन्दा ठूलो र युगान्तकारी परिवर्तन केही हुन नसक्ने धारणा राखे । मुलुकको विकास गर्नका लागि अहिलेको विकल्पभन्दा अर्को विकल्प नभएकाले अहिलेको बाटोले मात्र समाजवाद, सामाजिक न्यायतिर जान सक्ने भन्दै उनले भने, “यही बाटो मात्र तपाइँ हामीले देखेको सपना पूरा गर्न सक्दछौँ । त्यसैले सवै राजनीतिक दल हाम्रा शहीदका सपना पूरा गर्दै नयाँ गोरेटो बाटो हुँदै नेपाललाई अगाडि लैजान सक्दछौँ ।”

    यसमा तपाइको मत

    ट्वीटर

    राजनीति बाट अन्य

    तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको सम्झना गर्दै आज १४ औं लोकतन्त्र दिवस देशभर मनाइँदै

    काठमाडौ, ११ बैशाख । तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको सम्झनामा आज १४ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी बुधबार देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी कार्यकारी...

    रिना मृत्यु प्रकरणः३ दिनभित्र सत्यतथ्य पत्ता लगाउने शर्तमा तत्कालका लागी आन्दोलन फिर्ता र सडकको अबरोध हट्यो

    पथरी । मोरङको पथरीमा भएको रिना बस्नेतको हत्याको बारेमा ३ दिनभित्र सत्यतथ्य पत्ता लगाउने शर्तमा तत्कालका लागी आन्दोलन स्थगित भएको छ। मंगलबार बेलुका प्रशासन र संघर्ष समितिका बिचमा भएको छलफलमा सो सहमति भएपछि तत्कालका लागी...

    एनसेलले सरकारलाई तिर्नुपर्ने अर्वाैको राजश्व नतिरेको भन्दै जनस्तरबाट आयो चर्काे विरोध ; सिम बहिस्कार अभियान

    दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल एक्जियटाले सरकारलाई तिर्नुपर्ने अर्वाैको राजश्व नतिरेको भन्दै जनस्तरबाट चर्काे विरोध हुन थालेको छ । सर्वाेच्च अदालतको आदेशपछि ठूला करदाता कार्यालयले गरेको आग्रहविरुद्ध एनसेल पुनः सर्वाेच्च पुगेपछि जनस्तरबाट विरोध चर्किन...

    एनसेलको ठूला करदाता कार्यालयबिरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाइ हुदै

    एनसेलले ठूला करदाता कार्यालयबिरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ। एनसेलले सर्वोच्चको आदेश र आयकर ऐन विपरीत ठूला करदाताले कर निर्धारण गरेको भन्दै सोमबार रिट दायर गरेको थियो। आयकर ऐन २०५८ को दफा ९९...

    फेरि पक्राउ परे विप्वल समूहका २ इञ्चार्ज

    झापा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका जिल्ला इञ्चार्ज सौगात कटुवाल र सदस्य अर्जुन चौहानलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिर्तामोड नगरपालिका–१ आँखा अस्पताल नजिकैबाट सोमबार साँझ उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...

    अमेरिकामा संगीतकार मदन दीपविमको निधन

    वैशाख, काठमाडौं । संगीतकार मदन दीपविमको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार हृदयाघातको कारण उनको निधन भएको हो । उनी छोरी ममता दीपविमसँगै अमेरिकास्थित सनफ्रान्सिस्कोमा बस्दै आएका थिए । उनले सुरिलो रुख सल्लै हो, तिम्रै...

    पार्टी फुट्छ भनेर भन्दै हिडेका ज्योतीषीले दुई पार्टी मिल्छ भनेर किन थाहा पाएनन् ; प्रधानमन्त्री ओली

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल हरेक दिन एक कदम अगाडी बढीरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७०औं बार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका...

    काग्रेस पार्टी प्रगतिशिल शक्ति सिध्याउन प्रतिगामी शक्तिसँग मिलेको प्रधानमन्त्री ओलीको दावी

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेसले प्रगतिशील र वामपन्थीसँग मिलेर अघि बढ्नुको साटो प्रतिकृयावादी शक्तिहरुसँग घाँटी जोडेको आरोप लगाएका छन् । पार्टी स्थापनाको ७० बर्षगाठ मनाउन तथा पार्टी एकता प्रकृयाबारे केही निर्णय सुनाउन...

    नेकपाको लम्बिएको एकता प्रक्रिया यसरी पुग्यो टुंगोमा !

    काठमाडौं। अन्ततः एकता भएको ११ महिनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको नाम टुंगो लगाएको छ। विशेषगरी पूर्व एमालेभित्र अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल समूहबीच...

    फेरी किन बनायो राप्रपाले नया समिति ?

    सरकारसँग वार्ता गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले समिति गठन गरेको छ।पार्टीका वरिष्ठ नेता दीपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा रहेको समिति गठन गरिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। राप्रपाले विभिन्न...