बर्दघाटे काली मन्दिरमा हिजो देखी सत्यचण्डी महायज्ञ सुरु

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    मङ्ल, चैत्र ६, २०७४

    बर्दघाट ६ , नवलपरासीको सारावल गाउँपालिका ७ बर्दघाटे काली मन्दिरमा हिजो  देखी सत्यचण्डी महायज्ञ सुरु भएको छ । हिन्दु धर्मको रक्षा तथा स्थानीय क्षेत्र विकास गर्ने उदेश्यले महायज्ञ सञ्चालन गरिएको यज्ञ सम्पादन मुल समितिका अध्यक्ष एवम् सारावल गाउपालीका वडा न.७ का वडा अध्यक्ष हेयात अली अन्सारीले बताउनुभयो ।

    महायज्ञको अवसरमा भुजहवा,सोमनी,खैरेटवा, सुर्यपुरा हुँदै कलशयात्राको वडा परिक्रमा गरि महायज्ञ समाज सेवी संजय मडी त्रिपाठीले उदघाटन गर्नु भएको थियो ।

    कलशयात्रामा हजारौं भक्त श्रद्धालुहरूको सहभागीता रहेको थियो भने माहायज्ञमा बिहान ६ बजे देखि १० बजे सम्म हवन र परिक्रमा, दिउसोमा १२ बजे देखि ४ बजे सम्म प्रवचन, साझ ४बजे देखि ६ बजे सम्म हवन र परिक्रमा र राति ८ बजे देखि २ बजे सम्म साँस्कृतिक रामलिला कार्यक्रम सञ्चालन गरिने बताईएको छ

    । महायज्ञ चैत १२ गते सम्म सञ्चालन हुने बताईएको छ।सोसील चन्द्र उपाध्यले प्रवचन गर्ने यज्ञ सम्पादन समितिले जनाएको छ ।

    कबिता के.सी.बर्दघाट

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य