लोकगीतकी “रानी”उपमा पाएकी गायिका कमला श्रेष्ठको निधन – भावपूर्ण श्रद्धाञ्जली गायिका कमलालाई

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    मङ्ल, चैत्र ६, २०७४

    काठमाडौं, चैत ५ । लोकगीतकी ‘रानी’कोरुपमा चिनिने वरिष्ठ गायिका कमला श्रेष्ठको ६९ वर्षको उमेरमा निधन भएको छ ।
    लामो समयदेखि मुटुरोगबाट पीडित श्रेष्ठको उपचारकाक्रममा सोमबार गंगालाल अस्पताल काठमाडौंमा निधन भएको हो ।

    वि.सं. २०२४ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा ‘नौ गेडीको माला मेरो’ बोलको गीत गाएर गायन क्षेत्रमा प्रवेश गरेकी श्रेष्ठका लोकगीत र आधुनिक गरी २०० भन्दा बढी गीतहरु रहेका छन् ।

    २०२५ सालदेखि रेडियो नेपालमा गायिकाकारुपमा काम गरेकी श्रेष्ठले साँस्कृतिक संस्थानमा ३८ वर्ष काम गरेकी थिइन् ।

    उनका ‘सरर मलेवा घुम्छ’, ‘बादलमुनि मायालाई’, ‘नेपाली जनताको लहर हरर गुडने भयो मोटर’लगायतका गीतहरु चर्चित रहेका छन् ।

    वि.सं. २००५ साल कात्तिक ९ गते काठमाडौंको असनमा श्रेष्ठको जन्म भएको थियो ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य