सुन प्रकरणमा मारिएका सनम शाक्यको समाचार कान्तिपुर साप्ताहिकमा,न्युज प्रकाशन गरेको २४ घण्टा नबित्दै सनम शाक्यले मच्चाए यति ठुलो आतंक,मिडियाकर्मी सबै चकित,खास कारण यस्तो पो रहेछ

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, बैशाख १४, २०७५

    काठमाडौं, १४ वैशाख । जिउंदै मानिसलाई मरेको भनेर समाचार बनाए पछि कान्तिपुर पब्लिकेशनको थापाथली स्थित केन्द्रिय कार्यालयमा लफडा भएको छ । मरेको भनेर समाचार बनाईका जिउंदा मानिसका आफन्तले विरोध गरेका छन् । कान्तिपुर दैनिकको सह प्रकाशन साप्ताहिकमा युएस बंगलाको बिमान दुर्घटनाका क्रममा बिमानको झ्याल फोरेर बाहिर निस्केर बांचेका सनम शाक्यको तस्बिर छापिए पछि कान्तिपुरमा समस्या भएको हो । सनमका आफन्तले पत्रिकाको कार्यालयमा पुगेर नारावाजी गरेका छन् ।

    ३३ किलो सुन प्रकरणमा मारिएका सनम शाक्यको फोटो प्रकाशन गर्नुपर्ने ठाउंमा जिउँदो सनम शाक्यको तस्बिर प्रकाशन भएपछि यस्तो समस्या भएको हो । कान्तिपुरले भने एउटै नाम जुधेका कारण त्रुटि भएको बताएको छ । विरोध गर्न पुगेकाहरुलाई भोलीको पत्रिकामा भुल सुधार सहितको समाचार प्रकाशन गर्ने भनेर सम्झाएको छ । तस्बिरमा रातो घेरामा रहेका सनम शाक्य सुन काण्डमा मारिएका सनम नभएर विमान दुर्घटनामा बांचेका सनम शाक्य हुन् ।लाईट नेपालबाट हामीले यो समाचार लिएका हौ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य