कांग्रेस नेता पौडेलले प्रधानमन्त्री ओलीलाई लगाए यति ठुलो आरोप,कसरि देखाउनु हुन्छ नाक – पढ्नुहोस

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    शनि, जेष्ठ १२, २०७५

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारको एक सय दिनको अवधि निराशाजनक रहेको टिप्पणी गरेका छन् । इतिहासकै शक्तिशाली भनेर चर्चा गरिएको वर्तमान सरकारले जनताको पक्षमा खासै केही गर्न नसकेको पौडेलले बताए । नेपाल प्रजातान्त्रीक फार्मेसी संघले शनिवार राजधानीमा गरेको कार्यक्रममा पौडेलले लगातार इन्धनको मूल्यमा वृद्धि गरी सरकारले जनताको ढाड सेक्ने काम गरेको आरोप लगए ।‘लगातार इन्धनको मूल्य वृद्धि हुँदा सबै क्षेत्रमा मंहगी बढेको छ, आमजनताको दैनिकी कष्टकर हुँदा समेत सरकार रमिते बनेको छ’ पौडेलले भने । नाकाबन्दीको समयमा राष्ट्रवादको राप ओकलेर आफ्नो दललाई पछिल्लो चुनाव जिताएका केपी ओलीको असली राष्ट्रवाद मोदी भ्रमणबाट छताछुल्ल भएको पौडेलको आरोप थियो । नेपाली सेना विदेशी पाहुनालाई सुरक्षा दिन सक्षम छैन भन्ने प्रमाण पनि वर्तमान सरकारले दिएको उनले बताए । लामो समयसम्म न्यायलयलाई पूर्णता दिन असफल भएको वर्तमान सरकार माइतीघर मण्डलामा प्रदर्शन गर्न रोक लगाएर ज्ञानेन्द्र पथमा उन्मुख भएको उनको भनाई थियो । कुनै योजना तथा तयारी विना महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेर वर्तमान सरकारले जनताको आखाँमा छारो हाल्ने काम गरेको उनले बताए । लोकतान्त्रीक पद्धतिलाई बलियो बनाउनु पर्नेमा प्रधानमन्त्री स्वमं मात्र बलियो हुने खेलमा लागेको भन्दै उनले पार्टी विशेषलाई नभएर सिंगो देशलाई शक्तिशाली बनाउन सुझाव दिए ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य