रुवाबासी चल्यो गड्डीडीहवाको पुरै गाँउमा : खास कारण यस्तो पो रहेछ

  • -लालिगुराश सम्बाद दाता
  • शनि, जेष्ठ १२, २०७५

    लुम्बिनी । प्रचण्डगर्मी सहन नसकी जेठ ७ गते दिउँसो सवा ११ बजे नुहाउन गएका चार बालिकाको पानी पोखरीमा डुबेर मृत्यु भएपछि यतिबेला रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–११ गड्डीडीहवा गाँउ अझै शोकमा डुबेको छ ।  गड्डीडीहवा गाँउको एक किलोमीटर पश्चिमपट्टि नौखनिया सार्वजनिक पानीपोखरीमा नुहाईरहेका बेला डुबेर मृत्यु भएका बालिकाहरुका परिवार र आफन्तलगायत पुरै गाँउ मृत्युको शोकमा डुबेको हो ।अकाल मृत्युको पीडा सहन नसकी त्यहिँ पोखरी नजिकै चिहान बनाई गाडिएका कब्ररिस्तान हेरेर १० बर्षीया मृतक सहिमा खातुनका बाबू मोहम्मद शरीफगद्दी मुसलमानले बताए । त्यस्तै उनका भाई कर्महुसेन गद्दीले पनि दाजुसँगै आफ्नो नौ बर्षीया छोरी आबिदा खातुनका जन्नतबासको कामनाका लागि दिनदिनै गई अल्लाहसँग दुआ माग्न थालेको बताएका छन् । त्यतिमात्र नभई १० बर्षीया सहिमा खातुनका बुबा सौकत अलि शेष र १४ बर्षीया साबिया खातुनका बुआ शर्फुद्दीन मुसलमानको पनि छोरीहरुका जन्नतबासका लागि दुआ माग्ने दिनचर्या बनिसकेको स्थानीय अबुहरेरा मुसलमानको भनाई छ । आफूहरुको छोरी त बिते अरु थप घटना हुन नदिन उक्त पोखरीको चौतर्फी तारबार गरि संरक्षण तथा क्षतिपूर्तिका लागि तत्काल ठोस कदम चाल्नुपर्ने पीडित परिवारहरुले सामूहिक रुपमा माग गरेका छन् । पाँच जना नुहाउन निस्केका बालिकाहरुमध्ये सबैभन्दा कान्छी बालिका ६ बर्षीया कमरे जहाँ खातुुन पोखरी नजिकै दिदीहरु पानी भित्रबाट निस्केपछि मात्रै घर जाने सोच राखी अबेरसम्म कुर्न लाग्दा उनीहरु बाहिर ननिस्केपछि मात्र गाँउ आई डुबेको हल्ला गर्दा गाँउलेहरु पुग्दापुग्दै चारैजना बालिकाहरु निश्प्राण भईसकेको अवस्थामा भेटिएपछि अझैसम्म गाँउभरि सामूहिक मृत्युको सनसनी फैलिएको अर्का स्थानीय मुस्तकिम दर्जीले बताए । आफूहरुले चार बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको घटना सुनेपछि सोही दिन आफूहरु पीडित परिवारसँग भेटेर मट्टीमैजिलमा सहभागी भई दुःख साटासाट विधायक फकरुद्दीन खाँ र लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीले सामाजिक सञ्जालमार्फत समवेदना समेत प्रकट गरेका छन् । सो सम्बन्धमा पीडित पक्षलाई राहत, क्षतिर्पूिर्त तथा नौखनिया सार्वजनिक पानीपोखरीमा तारबारका लागि लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीसँग जिज्ञासा राख्दा उनले सो कार्य जिम्मेवारीका साथ निभाउनका लागि ११ नंं. वडा कार्यालय प्रमुख वडा अध्यक्ष अक्रम मुसलमानलाई नगरपालिकामार्फत आफूले  निर्देशन जारी गरेको बताए । यसै गरि घटना पीडितहरुलाई क्षतिपूर्ति दिलाउन प्रहरी सधैँ तत्पर रहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीको भनाई छ । क्रियाखर्च तथा क्षतिपूर्तिका लागि पीडितहरुले वडा कार्यालयको सिफारिस पोष्टमार्टम रिपोर्टसहित दैवी प्रकोप समिति रुपन्देही समक्ष उजुरी पेश गरेपछि सो समितिले एक लाख २५ हजार क्रियाखर्च उपलब्ध गराउने प्रावधान रहेको दैवीप्रकोप राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथ प्रसाद कुर्मीले जानकारी दिए ।

     

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य