
काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी ओलीले जनताको जलविद्युत आयोजना कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।
७ खर्ब रुपैयाँमा १९ वटा जलविद्युत आयोजना अघि बढाउने उद्देश्यका साथ उक्त आयोजनाको प्रधानमन्त्री ओलीले बिहीबार शुभारम्भ गर्नुभएको हो ।
‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’ नारा दिएर ‘जनताको जलविद्युत आयोजना कार्यक्रम’मा ३ करोड नेपालीलाई सहभागी बनाउने उद्देश्य रहेको छ ।सातै प्रदेशबाट १९ जलविद्युत आयोजना छनोट गरी तिनमा हरेक नागरिकको सेयर लगानी गर्ने योजना छ ।
७ वर्ष आयोजना निर्माणको अवधि तोकेर तयार गरिएको अवधारणापत्रमा ९ सरकारी निकायबाट ऋण जुटाउने प्रस्ताव गरिएको छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, एचआइडिसिएल, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थान, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सरकारबाट ऋण उठाउने योजना छ ।
ती निकायले तोकिएका आयोजनामा हरेक वर्ष १ अर्ब रुपैयाँदेखि ६ अर्ब रुपैयाँसम्म लगानी गर्नुपर्ने अवधारणापत्रमा उल्लेख छ । यस्तै, नपुग ऋण स्थानीयस्तरबाटै उठाउने योजना छ ।
साथै, बन्ड, डिभेञ्चर तथा विदेशबाट समेत जुटाउने उल्लेख छ । छनोट गरिएका आयोजनामा एचआइडिसिएल, नेपाल विद्युत प्राधिकरण तथा यसका सहायक कम्पनी, विद्युत उत्पादन कम्पनी, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थान र नागरिक लगानी कोषबाट स्वपुँजी उठाउने योजना छ ।
जनताको लगानीमा बन्ने आयोजना :
अपर अरुणः ७२५ मेगावाट
इखुवाखोलाः ३० मेगावाट
किमाथांका अरुणः ४८२ मेगावाट
घुन्साखोलाः ७२ मेगावाट
सिम्बुवा खोलाः ७० मेगावाट
अरुण–४ः ३७२ मेगावाट
तामाकोसी–५ः ९६ मेगावाट
त्रिशूली–३ बीः ३७ मेगावाट
बूढीगण्डकी ग्वारखोलाः ६० मेगावाट
बूढीगण्डकी प्रोक–१ः १०० मेगावाट
बूढीगण्डकी प्रोक–२ः २४० मेगावाट
बूढीगण्डकी (क): ७५ मेगावाट
भेरीबबईः ४८ मेगावाट
चैनपुर सेतीः २१० मेगावाट
अपर सेतीः ५० मेगावाट
Share this:
यसमा तपाइको मत
ट्वीटर
Tweets by LaligurashDallyदेश बाट अन्य

गोरखा, ११ फागुन । गोरखा नगरपालिका वडा नम्बर-१० को विरेनचोक डाँडामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ। शुक्रबार राती भएको आगजनीका कारण उक्त टावरमा पूर्ण रुपमा ध्वस्त भएको छ।आगजनीका कारण लगभग...

फागुन १०, काठमाण्डौ । गायक आनन्द कार्कीले पशुपति शर्माले गाएको लुट्ेन सके लुट कान्छा बोलको गित उचित नभएको प्रतिक्रिया दिएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै गायक कार्कीले...

१० फागुन, काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री विना मगर सांसदहरुको प्रश्नको जवाफ दिन आज संसद्मा प्रस्तुत हुने भएकी छन् । मन्त्रालयसँग सम्बन्धित कामबारे सांसदहरुमा उत्पन्न प्रश्नको जवाफ दिन संसदले सुरु गरेको प्रश्नोत्तर...

काठमाडौं, १० फागुन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन जिल्लामा भएनभएको यकिन नभएको जनाएको छ । आफूलाई तवस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि उनी पछिल्लो पटक चर्चामा आएका थिए । बम्जनका अनुयायीले भने...

९ फागुन, वीरगञ्ज । राष्ट्रपति विद्यादेवि भण्डारीले जानकी र गार्गी जस्ता विदुषीको जन्मभूमिमा छोरी अपहेलित हुनु दुःखद भएको की छन् । प्रदेश २ सरकारले ल्याएको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानले छोरीको शिक्षा र महिला...

गत जनवरी ६ मा सम्पन्न नेपाली जनसम्पर्क समिति हङकङको सातौं अधिवेशनले मीन गुरुङको नेतृत्वमा चयन भएको कार्यसमितिलाई एक औपचारिक घोषणा मार्फत सपथ ग्रहण गराई बैधानिकता दिईएको छ। गत आइतबार जोर्डन स्थित ब्लु ओसन रेस्टुरेन्टमा नेपाली...

९ फागुन, काठमाडौं । सरकारले फेकबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन नखोजेको प्रष्ट पारेको छ । तर, सामाजिक सञ्जालका प्रयोगकर्ताहरु पनि मर्यादामा बस्नुपर्ने प्रवक्ता गोकुल बास्कोटाले बताए । मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्न बिहीबार...

९ फागुन, दिक्तेल । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न सकलदर्जालाई निर्देशन दिएका छन् । यहाँ तैनाथ बहादुर श्रीशेरगणको निरीक्षणका क्रममा उनले...

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० टोटीकी सात वर्षीया बालिका रीतु डगौरालाई विष खुवाएर मारेको आरोपमा मृतकका हजुरबुबा र हजुरआमालाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४३ वर्षीया रेशमी डगौरा र ६०...

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पहिलो पटक राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाएका छन्। देश दौडाहामा रहेका डा. भट्टराईले पहिलो पटक दौरा सुरुवाल लगाएका हुन्। संगठन निर्माणका क्रममा कर्णाली पुगेका डा....