खोलाले बगाएर शेर्पाको मृत्यु

  • -लालिगुराश सम्बाद दाता
  • सोम, असार ४, २०७५

    असार,४/ झापामा माईखोलाले बगाएर एक जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका– १० दोमुखास्थित माईखोलाले बगाउदा सोही ठाउँ बस्ने ४८ वर्षीय दावा शेर्पाको मृत्यु भएको हो ।

    आइतबार दिउँसो खोलाले बगाएर ल्याएको दाउरा काट्न जानेक्रममा उनलाई खोलाले बगाएको थियो । घटनाबारे अपरान्ह ४ बजेतिर स्थानीयबाट प्रहरीलाई खबर भएको थियो । त्यसपछि स्थायी प्रहरी पोष्ट माईधारबाट टोली परिचालन हुँदा शेर्पाको शव खोलाले बगाएर लगेको अवस्थामा फेला परेको थियो । शेर्पाको शव पोष्टमार्टमका लागि दमक अस्पताल ल्याइएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य