किन जिउँदै दर्दनाक रुपमा जलाइयो १६ वर्षीया समीक्षालाई ? यस्तो छ रहस्य ! (भिडियोसहित)

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    शनि, असार ३०, २०७५

    समीक्षा ठाकुर जसलाई असार १० गते राति आफ्नै घरपछाडि जिउँदै जलिरहेकी अवस्थामा भेटियो । रुपन्देहीस्थित कञ्चन गाउँपालिका वडा नम्बर–५, पिपरीचाँपकी समीक्षालाई जिउँदै जलिरहेको अवस्थामा आफ्नी हजुरआमाले भेटेकी थिइन् । हजुरआमा हरिमाया ठकुरीका अनुसार जलिरहेकी समीक्षाको शरीरको आगो उनी आफैंले निभाएकी हुन् ।

    जलिरहेकी समीक्षाकी हजुरआमासहितका आफन्तहरुले उपचारका लागि बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल अस्पताल पु¥याए । समीक्षाका हजुरबुबा, द्रोणबहादुर ठकुरीले नै अटो रिक्सा बोलाएर समीक्षालाई अस्पताल पु¥याएका थिए । लुम्बिनी अञ्चल अस्पतालमा उपचार सफल नभएपछि समीक्षालाई थप उपचारका लागि पाल्पा मिसन अस्पताल लगियो ।

    पाल्पा मिसन अस्पतालमा पनि उपचार सम्भव नभएपछि समीक्षालाई थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर अस्पताल ल्याइयो । तर, असार २० गते उपचारकै क्रममा समीक्षाको मृत्यु भयो । उनको शव अहिले पोष्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । समीक्षाको मृत्युपछि प्रहरीमा उजुरी परेर छानबिन भइरहेकाले उनको दाहसंस्कार हुन सकेको छैन ।

    समीक्षाकी आमा, माया ठकुरी थापा बैदेशिक रोजगारीको सिलसिलामा केही समयअघि साउदी अबर गएकी थिइन् । छोरी जिउँदै जलेको खबर पाएपछि आमा माया नेपाल फर्किइन् । र, छोरीको हत्या भएको भन्द असार २३ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिइन् । प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ ।

    बुबाले अर्कै श्रीमती बिहे गरेपछि समीक्षा आमासँगै मामाघर बस्दै आएकी थिइन् । पछि पढाईको सिलसिलामा घर फर्किएकी समीक्षा बुबासँगै हजुरबुबा, हजुरआमासँग बस्दै आएकी थिइन् । जतिबेला उनीकी आमा राजगारीको सिलसिलामा विदेशमै थिइन् ।

    आमा विदेश भएका बेला आफ्नै घरको करेसामा जिउँदै जलेकी समीक्षाको विषय अहिले चर्चामा छ । उनलाई कसैले जिउँदै जलायो वा उनी आफैंले आत्मदाहको प्रयास गरिन् ? यो अनुसन्धानको विषय बनेको छ । समीक्षाकी आमाले परिवारकै सदस्यमाथि किटानी जाहेरी दिएपछि र प्रहरीले फेला पारेका केही दसीहरुका कारण घटना थप रहस्यमय भएको छ ।

    कसले जलायो समीक्षालाई ?

    १६ वर्षकी कलिली नानीलाई कसले, किन र कसरी जिउँदै जलायो ? को हुन सक्छ, यति कठोर हृदयको मानिस ? कसको के विगारेकी थिइन् होला र उनले ? बुटवलमा अहिले खास चासोको बनेको छ, समीक्षाको मृत्यु प्रकरण ।

    समीक्षाको हत्या भएको हो या आत्महत्या ? यकिन छैन । अहिले इलाका प्रहरी कार्यालय बुटवलले घटनाको अनुसन्धान गरिरहेको छ । जिउँदै जलेको १० दिनपछि उपचारका क्रममा उनको मृत्यु भयो । मृत्यु भइसकेपछि अर्थात् जिउँदै जलेको १३ दिनपछि प्रहरीमा उजुरी पर्यो । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब गएकी समीक्षाकी आमा, माया ठकुरीले नेपाल फर्किएर प्रहरीमा किटानी जाहेरी दिइन्, समीक्षाको हत्या परिवारभित्रैबाट भएको हो, कारबाही गरिपाउँ भनेर ।

    त्यसपछि प्रहरीले विशेषरुपमा घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । समीक्षाकी आमाका अनुसार पहिलादेखि नै आफ्नी छोरीलाई परिवारका सदस्यहरुले हेँला गर्दै आएका थिए । श्रीमानले अर्की श्रीमती ल्याएपछि माया माइत र समीक्षा मामाघरमा बस्दै आएकी थिइन् । पछिल्लो समय घर फर्किएकी समीक्षालाई बुबा, हजुरआमा र एउटी फूपूको संलग्नतामा हत्या गरिएको आमा माया ठकुरीको बुझाई छ ।

    उपचारका क्रममा समीक्षाकी सानीआमा रचना बुढाथोकी पनि सँगैसँगै थिइन् । रचनाका अनुसार समीक्षाले उनलाई बुबा, हजुरआमा र फूपूले मिलेर आगो लगाएको बताएकी थिइन् ।

    तर, समीक्षाकी हजुरआमा हरिमाया ठकुरी भने माया र रचनाको आरोप स्विकार्न तयार छैनन् । आफूले नातिनीलाई असाध्यै माया गर्ने गरेको र उनलाई आगो लगाउने कुरा कल्पनै गर्न नसकिने बताउँछिन् ।

    अहिले प्रहरी अनुसन्धानका लागि समीक्षाकी हजुरआमा, फूपू र बुबालाई नियन्त्रणमा लिएको छ । प्रहरी अनुसन्धानका अनुसन्धानका अनुसार समीक्षालाई जलाउँनका लागि मट्टितेल प्रयोग भएको छ । घटना भएको दिन समीक्षाको कोठामा मट्टितेल राखिएको गिलास समेत भेटिएको थियो । यसले घटनालाई थप रहस्यमय बनाएको छ । घटनाको अनुसन्धान प्रmिक्राबारे ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्ल ।

    समीक्षालाई जिउँदै जलाइएको पनि तीन साता वितिसक्यो । उनको मृत्यु भएको करिब १० दिन भइसक्यो । उनको अझै दाहसंस्कार हुन सकेको छैन । समीक्षाको हत्या भएको होस् या आत्महत्या ! यथाशीघ्र घटनाबारे गहन अनुसन्धान होस् । सत्यतथ्य सार्वजनिक होस् । दोषिमाथि कारबाही होस् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य