निर्मला हत्याकाण्ड प्रकरण चित्तबुझ्दो भएन अनुसन्धान भन्दै : सीआईबीका डीएसपीसहित ४ प्रहरी पनि निलम्बनमा….

शनि, भदौ ३०, २०७५

३० भदौ, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको जिम्मेवारीपूर्वक अनुसन्धानमा नगरेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपी अंगुर जिसीसहित चार प्रहरी निलम्बनमा परेका छन् । घटनाको छानविन गरिरहेको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय समितिले शनिबार गृहमन्त्री रामबहादुर थापा बादललाई प्रारम्भीक प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा बालिकाको हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारीपूर्जक गर्न नसकेका सुरक्षाकर्मीलाई नै अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरिएको छ । प्रतिवेदनका आधारमा डीएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, प्रहरी उपरीक्षक जगदिश भट्ट, प्रहरी निपरीक्षक एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्न गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यो घटनामा कञ्चनपुरका एसपी डिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परेका छन् । प्रतिवेदनले केही औल्याएका संदिग्ध व्यक्तिहरुलाई छानविनको दायरामा ल्याई अनुसन्धान अगाडि निर्देशन दिएको छ । घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान भइरहेको भन्दै विज्ञप्तिमा भनिएको छ, यस आपराधिक घटनामा जो कोही संलग्न भएपनि कानुनी दायरामा ल्याई कारबाही गर्न मन्त्रालय प्रतिवद्ध छ ।’इन्फोखबरबाट साभार,

यसमा तपाइको मत

ट्वीटर

बाट अन्य