दोषी माथि कारबाही होस् भन्दै पत्रकार रवी लामिछाने माईतिघर मण्डलामा यसरि उर्लिए जनमासमा

  • -
  • शनि, भदौ ३०, २०७५

    काठमाडौँ – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी वर्षीया निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै आज प्रदर्शन गरिएको छ । ‘निर्मलाका लागि न्याय’ नाम दिइएको उक्त प्रदर्शन माइतीघर मण्डलाबाट शुरु भई बानेश्वरमा पुगेर समापन भएको थियो । घटना भएको ५० दिन बितिसक्दा समेत सरकारले घटनाका दोषी पत्ता लगाउन नसकेको भन्दै नागरिक समाज र सामाजिक अभियन्ताको अगुवाइमा उक्त प्रदर्शन भएको हो ।

    माइतीघर मण्डलाबाट शुरु भएको प्रदर्शन सयौँ सहभागी थिए । बानेश्वरमा पुगेर सहभागीले नाराबाजी गरिरहेका बेला निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी पनि पुग्नुभएको थियो । कञ्चनपुर भीमदत्त नगरपालिका–२ की निर्मला पन्तको शव साउन ११ गते उखुबारीमा फेला परेको थियो । सो अवसरमा चर्चित पत्रकार रवि लामिछाने सबैको नजरमा परेका थिए । रवि स्वयम नै आन्दोलनमा उपस्थित भएपछि ठूलो संख्यामा उपस्थित सर्वसाधारणले निर्मलालाई न्याय दे लगायतका नाराबाजी गरेका थिए ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य