दर्जनौ युवा अलपत्र पारेको भन्दै विप्लव कार्यकर्ताले मेनपावर व्यवसायीमाथि यसरि दले कालोमोसो

  • -
  • आइत, भदौ ३१, २०७५

    कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले एक मेनपावर व्यवसायीमाथि कालोमोसो दलेका छन् । पोखरामा रहेको लक्की मेनपावरका सञ्चालक रस बहादुर गुरुङमाथि कालोमोसो दलेका हुन् । नेकपा युवा संगठन योङ रेड फोर्स कास्कीका कार्यकर्ताहरुले सञ्चालक गुरुङमाथि कालोमोसो दल्नुका साथै मेनपावर कम्पनीमा ताला लगाएका छन् । गुरुङमाथि नेकपा कार्यकर्ताहरुले विभिन्न पाँच आरोप लगाउँदै जनकारवाही गरिएको दावी गरेका छन् । उनीहरुले विना इजाजत अवैध रुपमा मेनपावर सञ्चालन गरेको, सेक्यूरिटी कम्पनीको नाममा मेनपावर धन्दा चलाएको, दर्जनौं युवा युवतीलाई विदेशमा अलपत्र पारेको आरोप नेकपाको रहेको छ ।

    त्यस्तै महिलाहरुलाई अवैध रुपमा दिल्लीको बाटो हुँदै वेचविखन गरेको, विदेशबाट ठगिएर आएका यूवाहरुलाई पैसा फिर्ता नगरी डर देखाएको आरोप लगाउँदै जनकारवाही गरेको योङ रेड फोर्स कास्कीको दावी छ । यता प्रहरीले कालोमोसो दल्नेको खोजीकार्य गरिरहेको जनाएको जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाबारे जानकारी पाएलगत्तै अनुसन्धान गर्न टोली परिचालन गरेको छ ।केंद्रबुन्दुबाट साभार

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य