अर्को शंकास्पद तथ्या खुलाशा : निर्मला पन्त काण्डमा गृहमन्त्रीले नै आलटाल गरेको भन्दै मानवअधिकार आयोगले लगायो यस्तो आरोप

  • -
  • आइत, भदौ ३१, २०७५

    भदौ ३१, काठमाण्डौ । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तलाई न्याय देउ भन्दै देशैभर प्रदर्शन भइरहेको छ । हत्याको अनुसन्धान फितलो भएको आरोप सहित आन्दोलन चर्किरहेका बेला राष्ट्रिय मानवअधिकार आयोगले जवाफ दिन गृहमन्त्री रामबहादुर थापा वादललाई डाकेको थियो । तर गृहमन्त्रीले आयोगको निम्तो अस्विकार गर्दै निर्मला हत्या र अनुसन्धानका बारेमा जवाफ दिन गएनन् ।
    आइतबार दिउँसो १ बजे गृहमन्त्री रामबहादुर थापाको प्रतिक्षामा मानवअधिकार आयोगका पदाधिकारी र सञ्चारकर्मी आयोगको कार्यालयमा बसिरहेका थिए । तर, दुई घण्टासम्म कुर्दा पनि गृहमन्त्री आएनन् र प्रतिक्षितहरुलाई निराश बनाए । गृहमन्न्त्रीले यति संवेदनशील विषयलाई किन वेवास्ता गरेका होलान भनेर आयोगका पदाधिकारीहरु खास खुस गर्दै थिए ।

    निर्मलाको हत्या र त्यसको अनुसन्धानका विषयमा देशैभर प्रश्न उठ्न थालेपछि आयोगले उनलाई जवाफका लागि बोलाएको थियो । प्रहरीले नै प्रमाण नष्ट गरेको र अनुसन्धान फितलो बनाएको आरोप लागेपछि आयोगले गृहमन्त्रीलाई बोलाएको हो । तर गृहमन्त्री बादलले निम्तो अस्विकार आयोगमा गएनन् ।

    आयोगले विशेष अवस्थामा मात्र सम्बन्धित निकायसँग जवाफ माग्ने गर्दछ । यसअघी आयोगले तत्कालिन गृहमन्त्री कमल थापा लाई आयोगमा बोलाएको थियो ।
    निर्मलाको हत्या आरोपीलाई उच्च तहकै अधिकारीहरुले संरक्षण गर्न खोजेको भन्दै चौतर्फी बिरोध भैइरहदा आयोगले पनि सुरुको तहबाट नै अनुसन्धान फितलो भएको निष्कर्ष निकालेको छ । निर्मला हत्या काण्डको आरोपीलाइ अझै पक्रन नसक्नु प्रहरी संयन्त्रकै दोष भएको भन्दै अब अनुसन्धान नयाँ शिराबाट सुरु गर्नुपर्ने आयोगको भनाइ छ ।

    आयोगका सदस्य सुदीप पाठकले आफुहरुले पनि सुरु देखी नै अनुसन्धान गरेको र प्रगती बिवरण छिट्टै सार्वजनिक गरिने जानकारी दिए ।

    आयोगले जवाफ माग्न बोलाँउदा पनि गृहमन्त्री आयोग नएपछि पीडित पक्ष झन आक्रोशित बनेका छन् । आयोगलाई नै गृहमन्त्रीले नटेर्नु आफैमा थप शंकाकोे विषयभएको उनीहरुको भनाइ छ । शान्ति सुरक्षा दिन पनि नसक्ने, अपराधी पत्ता पनि नलगाउने र मानअधिकार आयोगले जवाफका लागि बोलाउदा पनि नआउने गृहमन्त्रीको कदम खेदजनक भएको भन्दै अधिकारमर्मीहरुले आलोचना गरेका छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य