बल्ल पत्ता लागे हत्यारा : हत्या आरोपमा बाबुछोरा सहित एक छिमेकी पक्राउ

  • -
  • आइत, भदौ ३१, २०७५

    विराटनगर / सुनसरी हरिनगरा गाउँपालिका वडा नं ३ बस्ने बर्ष ५० को महानन्द साहको कुपपिट गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मदिरा सेवन पछि भएको बिववाद हुँदा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले बुढिगंगा गाउँपालिका ३ बस्ने बर्ष ६० को धनपाल सरदार, उनका छोरा ४० बर्षिय बाबुचन सरदार, ५० बर्षिय छिमेकी बिनोद सरदारलाई पक्राउ गरेको हो । उनीहरुलाई आज पक्राउ गरिएको हो ।

    गत भदौ २२ गते धनपाल सरदारको होटलमा मादक पदार्थ सेवन गरी साहले बिबाद गरेका थिए । बादविवाद हुँदा होटल सञ्चालक धनपाल सरदार समेतले कुटपिट गरी घाईते बनाई कोशी राजमार्गमा ल्याएर छाडेका थिए । अचेत अवस्थामा राजमार्गमा भेटिएका साहलाई प्रहरीले उपचारकालागि कोशी अञ्चल अस्पताल पू¥याएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।खबर पुर्वअन्चलबाट साभार

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य