निर्मला हत्याकाण्डको अनुसन्धान नै फरक धारमा, बल्ल पत्ता लाग्ने भए निर्मला पन्तका हत्यरा,पढ्नुहोस

  • -
  • आइत, भदौ ३१, २०७५

    काठमाडौं, ३१ भदौ । प्रहरी प्रधान कार्यालयले निर्मला पन्तको बलात्कारपछि हत्याको छानबिन गर्न नयाँ समिति बनाएको छ । डिआजी धिरु बस्नेतको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति बनेको हो । डिआइजी बस्नेत केही दिनअघिमात्र एआइजी बढुवामा सिफारिस भएका थिए । प्रहरीले दोषीको रुपमा उभ्याएको अभियुक्त डिएनए परीक्षणपछि फर्जी सावित भएका थिए । त्यसलगत्तै गृह मन्त्रालयले पाँच प्रहरी अधिकारीलाई निलम्बन गरेको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार अनुसन्धानलाई तिव्र पार्न डिआइजी बस्नेतको संयोजकत्वमा छानबिन समिति बनाइएको हो ।
    शंका गरेकामाथि प्रहरीले छानबिन नगरेको स्थानीयको गुनासो रहेको छ । प्रहरीले दिलिपसिंह विष्टलाई अभियुक्त भन्दै सार्वजनिक गरेपछि व्यापक विरोध भएको थियो । तर, अहिले विष्ट पनि छुटिसकेका छन् । निर्मला हत्याकाण्डमा प्रहरीको कमजोरी छर्लङ्ग भएपछि प्रधान कार्यालयले अनुसन्धानका लागि तदरुकता देखाएको छ । नयाँ छानबिन समिति बनेसँगै निर्मला हत्याकाण्डको अनुसन्धान नयाँ मोडमा पुगेको छ ।ईन्फोखबरबाट साभार,

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य