भर्खरै कञ्चनपुरबाट निर्मला हत्या प्रकरणबारे बाहिरियो अर्को रहस्यमय तथ्य, निर्मलाका अामाबुवालाई प्रहरीले…

  • -
  • आइत, अशोज ७, २०७५

    निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान शैली परिवर्तन भएको छ । नेपाल प्रहरीले लामो सयम सम्म दोषी पत्ता लगाउन नसकेको अवस्थामा अनुसन्धान शैली परिवर्तन गरेको हो । दोषी पत्ता लगाई कारवाही गर्ने भन्दै कञ्चनपुर पुगेकी एसपी दुर्गासिंह चन्दले नयाँ शैलीबाट अनुसन्धान सुरु गरेकी हुन् ।

    एसपी दुर्गासिंह चन्दले निर्मलाको परिवारसँग सोधपुछ गरेकी छन् । उनले निर्मलाको आमा र बुबासँग सोधपुछ गरीसकेकी छन् । एसपी दुर्गासिंह चन्दले अनुसन्धानको शैली परिवर्तन गरेर निर्मलाको परिवारका सदस्यसँग एक्लाएक्लै सोधपुछ गरेकी नेपाल प्रहरीले जानकारी दिएको छ ।

    गत बिहीबार निर्मलाका बुबा यज्ञराजसँग घटनाबारे जानकारी लिएकी चन्दले हिजो मात्रै आमा र दिदीसँग छलफल गरेकी हुन् । घटना भएको लामो समय बितिसक्दा पनि अपराधी पत्ता नलागेपछि कञ्‍चनपुर प्रहरीलाई अनुसन्धानमा दबाब परेको छ ।

    दोषीलाई कारवाहीको लागि सरकारले गठन गरेको समितिले पनि सोचे जस्तो काम गर्न नसकेको भन्दै अधिकारवादीहरुले असन्तुष्टी पनि जनाएका छन् । उनिहरुले दोषीलाई कारवाही गर्न सरकार गम्भीर भएर लाग्न नसकेको बताएका छन् । सरकारले गठन गरेको अनुसन्धान समितिले भने पछिल्लोपटक भएको प्रगतिबारे जानकारी गराएको छैन ।

    इन्फोखबर बाट साभार

    यो पनि :

    ‘साइकल भेटिएपछि लास पनि त्यहीँ होला भनेर बबिताले एकजना महिलालाई भनेको सुनेपछि हामीले केही न केही त छ कि भनेर आशंका गरेका हौं । तर, त्यसलाई पुष्टि गर्ने आधार भेटिएन ।
    प्रहरी प्रधान कार्यालयले एसपी कुवेर कडायतलाई कञ्चनपुर पठाएपछि पनि बम दिदी बहिनी पक्राउ त परे । तर, प्रमाणको अभावमा फेरि उनीहरु छुट्न सफल भए ।

    स्थानीयको आन्दोलनले बम दिदीबहिनीलाई पक्राउ गर्न माग गरिरहेको थियो, जुन अनुसन्धान अधिकारीलाई नागरिकले दिएको ‘प्रिअकुपाइड टार्गेट’ थियो ।
    त्यो टार्गेट वास्तवमा सही पनि थियो, किनकि निर्मलाको हत्या हुनुअघि उनी अन्तिम पटक बम दिदीबहिनीकै घर गएकी थिइन्’, एक अनुसन्धान अधिकारी भन्छन्, ‘घटनास्थलको विश्लेषणपछि हामीले बम दिदीबहिनीको पाटोलाई केलाएका थियौं ।
    प्रहरीले बम दिदीबहिनीले प्रयोग गरेको मोबाइललाई विश्लेषण गर्‍यो । उनीहरुका सेटमा ३ वटा सीम कार्ड प्रयोग भएको देखिएको थियो । एउटा अनएक्टिभ (निश्क्रिय) थियो । ती सबै सीमको कल डिटेल रेकर्ड (सीडीआर) निकाल्ने काम प्रहरीले गर्‍यो ।

    कलवाइज लोकेसनदेखि एसएमएससम्म प्रहरीले परीक्षण गर्‍यो । बबिताको पासवर्ड मागेर फेसबुक हेर्‍यो । त्यति मात्र होइन, मोबाइलबाट केही डिलिट भएको छ कि भनेर प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा लगेर भाइबर, म्यासेन्जर लगायतबाट डिलिट भएका डाटालाई पनि एक्टिभ गरियो ।
    तर, शंकास्पद केही भेटिएन । प्रहरीले बम दिदी बहिनीको पोलिग्राफ परीक्षण पनि गर्‍यो । त्यसबाट पनि कुनै फाइदा भएन ।
    जति पनि टेक्निकल्ली हेर्‍यौं, उनीहरुको लिंक काहीँ पनि भेटिएन’, अनुसन्धान अधिकारी भन्छन्,

    यो पनि पढ्नुहोस् :

    ५ वर्षकी बालिका बलात्कारीको बयान –‘ब्लू फिल्म हेरेर यस्तो गरें, माफ गरिदिनुस्’ !
    नर्सरीमा बढ्ने एक बालिकालाई यौनज्नय हिंसा गर्ने स्कुल बसका कन्टक्टरले पुलिसलाई दिएको बयानमा निकै आश्चर्यजनक बयान दिएका छन् । उनले केही समयअघि आफूले मोवाइलमा ब्लू फिल्म हेरिरहेको र त्यही उत्तेजनामा यस्तो गरेको बताएका छन् । उनले प्रहरीसँग गल्ती भएको भन्दै माफी मागेका छन् ।

    उनको बयानले स्कुलका साना साना बालबालिकालाई ओसार्ने क्रममा बसका कन्डक्टरले बसमा नै ब्लू फिल्म हेर्ने गरेको खुलेको छ । यसरी बालबालिकासहितको बसमा ब्लू फिल्म हेर्दा बालबालिकामा कस्तो असर पर्छ भन्नेतर्फ स्कुल प्रशासन लापरवाह भएको समेत खुलेको छ । भोपालको अयोध्या नगरमा चलिरहेको स्कुल बसमा यस्तो भएको हो ।

    घटनामा स्कुल प्रशासन यतिसम्म लापरवाहर देखिएको छ कि घटनाको २ दिनसम्म प्रहरीमा आएकै छेन । स्कुल प्रशासनले विद्यार्थी ओसारपसार गर्ने जिम्मा गाडीवालालाई ठेक्कामा दिएको भन्दै आफू पन्छिएको छ । आरोपीका अनुसार बसमा ३ देखि ५ वर्षका बालबालिका हुन्छन् । उनीहरु निदाउने भएकोले आफूलाई यस्तो गर्न आँट आएको बताएका छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य