पुर्वराजा वीरेन्द्र र रानी ऐश्वर्यको नाममा भेटियो ८७ अर्ब सम्पत्ति

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, अशोज १९, २०७५

    असोज,१९/ स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको नाममा अहिलेसम्म करिब ८७ अर्बको चल अचल सम्पत्ति भेटिएको छ ।

    पुर्वराजा सम्पत्ति व्यवस्थापन गर्न गठित नेपाल ट्रस्टको कार्यालय हालसम्म पुर्व राजपरिवारको सम्पत्ति ८७ अर्ब भएको अनुमान गरिएको छ ।

    राज्य व्यवस्था समितिको विहीबारको बैठकमा नेपाल ट्रस्टका सचिव डा. रमेशप्रसाद सिंहले अहिलेसम्म ८७ अर्बको रकम प्राप्त भएको जानकारी दिए ।

    सो सम्पत्तिलाई अल्पकालीन मध्यकालीन र दीर्घकाली व्यावसायिक योजना बनाएर परिचालन गरी आएको रकम शिक्षा र स्वास्थ्यमा लगानी गर्ने उदेश्य रहेको उनले बताए । सो उदेश्य हासिल गर्न निर्देशिका तयार गरिएको पनि उनले बताए ।

    नेपाल ट्रस्टमा स्वर्गीय वीरेन्द्र र उनको परिवारको अचल सम्पत्ति अन्र्तगत १ अर्ब ६९ करोड रुपैयाँ प्राप्त भएको सचिव सिंहले जानकारी दिए ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य