एक्कासि मागे धमलाले गृहमन्त्री र आईजीपीको राजीनामा,मच्चियो सरकारमा खैलाबैला

  • -
  • आइत, अशोज २१, २०७५

    नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारका काम कारवाही प्रभावकारी बनाउन र गति दिन अब ‘गियर’ बदल्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने बताउँदै अब गियर बदल्दै गाडीको गति दिएजसरी सरकारको काममा गति दिने बताए । अध्यक्ष प्रचण्डले पार्टीभित्र र बाहिर विभिन्न पक्षसँग बृहत अन्तरक्रिया गरेर सरकारको कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले जनताले महशुस गर्नेगरी सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने बताए । अध्यक्ष प्रचण्डले पार्टी एकतालाई उल्टयाउने प्रयास गरिएको भन्दै त्यस्ता तत्वलाई परास्त गर्ने चेतावनी दिए । आइतबार बस्ने सचिवालय बैठकले पार्टी एकता टुंग्याउने सम्बन्धमा आवश्यक निर्णय लिने प्रचण्डको भनाइ छ । पार्टी एकतालाई सुदृढ हुन नदिन षडयन्त्र भइरहेको भन्दै सचेत रहन पनि प्रचण्डले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । एसपी र बम दिदी बहिनीलाई कोर्रा हान्न धमलाको सुझाव, गृहमन्त्री र आईजीपीको राजीनामा माग
    बलात्कारीलाई पक्राउ गर्न नसक्ने सरकार नालायक: देउवा
    प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई ‘नालायक’ को संज्ञा दिएका छन् ।कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरेका हुन् । नेपाल विद्यार्थी संघ डडेलधुरा सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले पन्तको बलात्कार तथा हत्या गर्नेलाई पक्राउ गर्नुको साटो प्रमाण मेटाउने काम भएको बताए ।

    उनले अघि भने, ‘बलात्कारीलाई पक्राउ गर्न सक्दैन, प्रमाण मेटाउनेलाई कारबाही गर्न सक्दैन भने यो सरकार कति नालायक छ भन्ने प्रष्ट भएको छ ।’कम्युनिष्ट सरकारले नेपालमा वितण्डा मच्चाइरहेको कांग्रेस सभापति देउवाको आरोप छ । उनले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा आपत्ति जनाए । ‘वातावरणीय हिसावले मिल्दै मिल्दैन । जंगल मास्ने संयन्त्रण भइरहेको छ’ उनले भने, ‘त्यो भन्दा त दिपायल नै ठीक थियो ।’अब गोदावरीमा नयाँ संरचना बनाउँदा सम्पूर्ण सुदूरपश्चिमको विकास खर्च नै सिद्धिने उनले बताए । राजधानीका लागि धनगढी नै उपयुक्त रहेको भन्दै उनले प्रदेशसभाको निर्णयको विरोधमा उत्रन पार्टीका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य