आफ्नो शरीरमा आफैले आगो लगाएर आत्महत्या !

  • -लालिगुराश सम्बाद दाता
  • सोम, अशोज २२, २०७५

    असोज,२२/ सप्तरी – कञ्चनरुप नगरपालिका–२ मा आइतबार एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गरेकी छिन् ।

    स्थानीय अन्दाजी २० वर्षीया रोशनी राउतले घरायसी विवादका कारण गोहाली घर (गाईगोठ)मा गई शरीरमा आगो लगाउँदा उनको मृत्यु भएको प्रहरी उपरीक्षक प्रतीक विष्टले बताउनुभयो ।

    घरमा कोही नभएको बेला मट्टितेल छर्किएर आगो लगाउँदा राउतको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    भारतको बिहारराज्यको सुपौल माइती भएकी रोशनीकी श्रीमान सुनिल राउत विराटनगर–जनकपुर चल्ने बसमा सहचालकको रूपमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।

    सुनिलसँग सामाजिक परम्पराअनुसार ६ महीना अघि रोशनीको विवाह भएको थियो । यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सो आगलागीबाट करीब रु ७० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य