कन्चनपुरका दोषीलाई जेल पठाउने यस्तो तयारी ( बलात्कार र हत्याको पुरा पर्दाफास)

  • -लालिगुराश सम्बाद दाता
  • सोम, अशोज २२, २०७५

    कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्या घटनाको छानबिन गर्न बनेको उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक भएको गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उक्त समितिले घटनामा प्रहरीका तर्फबाट सुरूदेखि नै एकपछि अर्को शंकास्पद घटना भएको प्रतिवेदन दिएको छ।समितिले निर्मला हराएको दिनदेखि अभियुक्त भनी पक्रिएका दीलिपसिंह बिष्टका भित्री लुगाबारे प्रहरीले गरेका काम शंकाको घेरामा रहेको बताएको छ।३७ पृष्ठ लामो प्रतिवेदनमा घटना भएको दिन राति स्थानीय प्रहरीले निर्मलाकी आमा र आफन्तले उनको खोजी गरिदिन आग्रह गर्दा खोजी गर्नुको साटो ‘बिहान ११ बजे हराएकी मान्छेको अहिले खबर गर्ने हो’ भनेर झपारेको उल्लेख छ। प्रतिवेदनअनुसार अर्को दिन निर्मलाको शव उखुबारीमा भेटिँदा प्रहरीले उनको शरिरमा भएका कपडा खोलेर धोयो। प्रहरीले शव भटिएको ठाउँ, उनको साइकल , नोट कपी र साथीको घरबाट ल्याएको अम्बा भेटिएको ठाउँमा अपराधीको पहिचानका लागि कुकुर प्रयोग गरेन।

    नत शव भेटिएको क्षेत्र आसपासमा तत्काल सुरक्षाकर्मी खटाइयो।साउन ११ गते तयार भएको मुचुल्कामा निर्मलाका बाबुको औंठाछाप लगाइयो जबकी उनका बाबु यज्ञराज पन्त १२ गतेमात्र भारतबाट नेपाल फर्किएका थिएनिर्मलाकी साथीकी दिदी बबिता भन्ने अनिता बमले साउन १० गते आफू ट्युसन पढ्न गएको बयान दिएकी छन्। जबकी उनी त्यो दिन ट्युसन पढन् आएको कुनै प्रमाण छैन। बरू उनले आफूसँगै बसेको भनेकी विद्या पन्तले प्रहरीले त्यो दिनको आफ्नो कापी मागेर फोटोकपी गरेर लगेको बताएकी छन्।

    अनिता र उनका बुवा गएर ट्युसन सेन्टर सञ्चालकसँग त्यो दिन अनिता ट्युसन पढ्न आएकी थिइ भनिदिन आग्रह गरेका छन्। ११ गते घटनास्थलबाट निर्मलाको जिउमा रहेको रातो कलेजी रङको सुरवाल, रातो रङको भेष्ट र खरानी रङको पेन्टीलगायत साइकल, कापी बरामद गरी प्रहरीले लगेको उल्लेख छ। तर ती सामान अहिले प्रहरीसँग छैनन्।

    रोशनीको घरबाट फर्कँदा निर्मलाले अम्बा टिपेर ल्याएकी थिइन्। प्रहरीले त्यो अम्बा मुचुल्कामा राखेन। साउन १७ गते उक्त अम्बाको रूख नै काटेर फालियो।निर्मलाको अन्तेष्टिका लागि नातामा यज्ञराजका साला पर्ने डोटीका तीर्थराज भण्डारीले अग्रसरता लिए। उनले परिवारलाई दबाब पनि दिए। तर अन्तेष्टिपछि उनी सम्पर्कमा आएनन्। प्रहरीले उनको खोजी पनि गरेन।निर्मलाका बुवालाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर ‘एक जना मान्छे कपडाका टुक्रा र कण्डमसहित पक्राउ परेका छन्, उनीविरूद्ध उजुरी देऊ’ भनेर प्रहरीले दबाब दियो।

    उनले मानेनन्।प्रहरीले भदौ ४ गते स्थानीय दिलीपसिंह बिष्ट (जसको मानसिक अवस्था ठिक छैन) ले अपराध स्वीकारेको भन्दै सार्वजनिक गर्‍यो तर पछि उनले आफूलाई चरम यातना दिएर अपराध स्वीकार्न लगाएको बयान दिए। उनले लगाएको लुगाको मुचुल्काबारे पनि प्रहरीले दुइटा फरक चिठी पठायो। भदौ ८ गते अमित गोल्ड लेखिएको निलो कट्टु १ थान, निलो रङको भित्री शरिरमा लगाउने गन्ञी १ थान र खैरो रङको हाफ पाइन्ट १ थान मुचुल्का भनेर केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालामा पठाइयो।

    १० गते अर्को पत्र पठाइयो- सेन्डो गन्जी हुनु पर्नेमा निलो रङको सेन्डो गन्जी हुन गएको र हाफ पाइन्ट हुनु पर्नेमा खैरो रङको हाफ पाइन्ट हुन गएकाले सच्याइदिन अनुरोध गरिन्छ। जबकी बरामदी खानतलासी मुचुल्कामा निलो रङको सेन्डो गन्जी र खैरो रङको जिन्स हाफ पाइन्ट नै बरामद गरिएको देखिन्छ।समितिले यो घटनामा प्रहरीले चरम लापरबाही गरेको निष्कर्ष निकाल्दै सुरूआती अनुसन्धानमा संलग्न प्रहरीहरूमाथि छानबिन गरी कारबाही गर्न सुझाव दिएको छ।’प्रहरी उपरीक्षक दिल्लीराज बिष्ट आफ्नो जिम्मेवारी क्षेत्रभित्र गम्भीर प्रकृतिको घटना भएको सूचना प्राप्त हुँदासमेत स्वंय घटनास्थलमा नगएको तथा सो घटनाको थप अनुसन्धानमा समेत निजले निर्वाह गर्नुपर्ने पदीय जिम्मेवारी पूर्णत: पालना गरेको नदेखिँदा निजमाथि छानबिन गरी विभागीय कारबाही गर्नुपर्ने’ प्रतिवेदनमा उल्लेख छ।

    यो पनि :

    काठमाडौं । कञ्चनपुरकी वालिका निर्मला पन्तको बलात्कार र हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले शंकाको सुई बबिता भन्ने अनिता बमतर्फ सोझ्याएको छ । गृहमन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनको ३४ औं पृष्ठमा भनिएको छ- ‘अनिता बमको गतिविधि शंकास्पद देखिन्छ ।

    समितिको प्रतिवेदनले निर्मलाको हत्या एकजनाले गर्न सम्भव नभएको भन्दै सामुहिक बलात्कार भएको विश्लेषण गरेको छ । साथै सो उखुबारीमा निर्मलाको बलात्कार र हत्या नभई बाहिरबाट हत्या गरेर त्यहाँ शव फालेको ठहरमा समिति पुगेको छ निर्मलाका कितावहरु पानीमा नभिजेको ओभाना देखिएको हुनाले उनलाई अन्यत्रै हत्या गरेर ती कितावहरु घटनास्थानमा पछि राखिएको समितिको निश्कर्ष छ निर्मला पन्त हराएको दिन बम दिदीबहिनीहरु ट्युसन सेन्टरमा अनुपस्थित भएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

    तर, बबिता (अनिता) बम र उनका बुबाले ट्युसन सेन्टरमा गएर आफूहरु उक्त दिन ट्युसन पढ्न आएका थिए भनिदिनोस् भनेर आग्रह गरेका कारण उनीहरुको गतिविधि शंकास्पद रहेको समितिले निश्कर्ष निकालेको छ । यो पनि, निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित) समितिले आफ्नो सुझावमा यो घटनाबारे विशेष अनुसन्धान टोली बनाई अनुसन्धानको दायरा फराकिलो बनाउँदै लैजानुपर्ने सुझाव दिएको छ ।

    साथै प्रहरीहरुलाई समेत छानविनको दायरामा ल्याउन सुझाव दिइएको छ ।कट्टु, पेन्टी, सुरुवाल सबै गायव !जिप्रका कञ्चनपुरले तयार पारेको सनाखत मुचुल्कामा निर्मला पन्तको रातो कलेजी रंगको सुरुवाल, रातो रंगको भेष्ट र खराने रंगको पेन्टी लगायत साइकल कापी प्रहरीले बरामत गरी लगेको उल्लेख भए पनि बरामत गरिएका उल्लेखित वस्तुहरु हाल नभेटिएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    त्यसैगरी घटनास्थलबाट नीलो रंगको सेन्डो गञ्जी र खैरो रंगको जिन्स हाफपाइन्ट बरामत गरिएको कागजमा उल्लेख भएकोमा नमूना परीक्षणको पत्रलाई सच्याउन जिप्रकाले अर्को पत्र पठाएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।सेतो गञ्जी हुनुपर्नेमा नीलो रंगको सेन्डो गञ्जी हुन गएको र हाप पाइन्ट हुनुपर्नेमा नीलो रंगको हाफ पाइन्ट हुन गएकाले सञ्चाइदिनुहुन अनुरोध गरेको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ ।

    त्यसैगरी समितिले तयार पारेको प्रतिवेदनमा निर्मला पन्तको भजाइनल स्वावमा भेटिएको भनिएको वीर्यका विषयमा पनि संशय देखाएको छ । उक्त स्वाब परीक्षणलाई समितिले ‘चलाखीपूर्ण’ भनेको छ । प्रतिवेदनको २४/२५ पृष्ठमा लेखिएको छ कि महाकाली अञ्चल अस्पतालमा मिटि साउन २३ को शव परीक्षणको रिपोर्टमा मृतकको भेजिनामा वीर्यको जीवाणु नदेखिएको र कन्र्फम गर्न भजाइनल स्वाब नेशनल फरेन्सिकमा पठाउने भनिएको पत्रको व्यहोरा र मृतकलाई पानीमा घोप्टो पारेर प्रमाण लोप हुने गरी राखिएको अवस्थाले पनि उक्त कार्य चलाखीपूर्णरुपमा गरेको जस्तो देखिन्छ ।

    समितिले गरेका सिफारिसहरउच्च् स्तरीय समितिले आरोपी दिलिपसिंह विष्टलाई केरकार गर्ने क्रममा यातना दिने प्रहरीका साथै तत्कालीन एसपी डिल्लीराज विष्टसमेतलाई विभागीय कारवाहीको सिफारिस गरिएको छ । घटनाको अनुसन्धानमा संलग्न प्रहरीले हेलचेक्राइँ र लापरवाही गरेको प्रतिवेदनमा ठहर गरिएको छ र त्यसमा सहभागी सबै प्रहरीलाई विभागीय कारवाही गर्न सिफारिस गरिएको छ ।

    त्यसैगरी प्रहरीको गोलीबाट घाइते भएकाहरुलाई निर्वाह भत्ता उपलब्ध गराउन भनिएको छ । पीडितलाई सामाजिकरुपमा पुनस्र्थापना गराउन सिफारिस गरिएको छ त्यसैगरी घटनाको अनुसन्धानमा खटिने प्रहरीलाई प्रदर्शन नियन्त्रणमा नखटाउन भनिएको छ अबदेखि जिल्लामा प्रहरीहरु खटाउँदा स्थानीयबासीलाई नखटाउन भनिएको छ । अनुसन्धानमा खटिएका प्रहरीले पीडितलाई पनि साथमा लिन भनिएको छ । त्यसैगरी सम्भावित परिस्थितिबारे आँकलन गर्दै राष्ट्रिय अनुसन्धान विभागलाई सक्रिय बनाउन सुझाव दिइएको छ । घटनामा पूर्व सतर्कता अपनाउन भनिएको छ ।Credit : अनलाइनखबर

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य