जनताको मत रामवीरले ५ करोडमा बेचेको खुलाशा

  • -
  • मङ्ल, अशोज २३, २०७५

    असोज २३, काठमाण्डौ । चुनाव जितेपछि अर्को चुनावसम्म चुप लागेर बस्नुपर्ने हो । जनताले नै मत नदिएपछि अर्को चुनावमा कसरी जनमत बटुल्ने, जनताको विश्वास जित्न के गर्नुपर्छ भन्नेतिर ध्यान दिनुपर्ने हो । तर बामदेव गौतमले त्यसो गरेनन् । सोझो अर्थमा भन्दा उनले जनमतको कदर गर्न सकेनन् । एउटा नेता, जो जनताको हितमा काम गर्नका लागि राजनीति गर्छ उसैले जनताको सम्मान गर्न नसकेपछि के भन्ने ।

    यसका एउटा उदाहरणीय पात्र बनेर देखिएका छन् नेकपाका नेता बामदेव गोतम । गत वर्ष सम्पन्न चुनावमा उनी बर्दियामा पराजित भएका थिए । पराजित भए पनि सांसद बन्ने उनको चाहना मरेन । पार्टीभित्र उनले जसरी भए पनि सांसद बन्ने चाहना देखाए । अडान लिए । कहिले राष्ट्रपति बन्ने त कहिले राष्ट्रिय सभामा मनोनित हुने चर्चा नचलेको होइन । तर चुनाव हारे लगत्तै उनलाई महत्वपूर्ण पद दिन सायद अप्ठ्यारो भयो होला । चुनाव सकिएको १० महिनापछि उनै बामदेवका लागि पुनः चुनाव लडेर सांसद बन्ने बाटो खुलेको छ । उनका लागि काठमाण्डौ क्षेत्र नम्बर ७ बाट चुनाव जितेका नेकपाकै सांसद रामवीर मानन्धरले ठाउँ छोडिदिएका हुन् । मंगलबार पत्रकार सम्मेलन गरेर नै रामवीरले बामदेव गौतम जस्तो नेता संसदमा चाहिने भन्दै आफूले ठाउँ छोडिदिएको घोषणा गरे । नेता मानन्धरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफैले कन्भिन्स गरेर राजीनामा दिएको बताए । प्रचण्ड र वामदेवले भनेपछि राजीनामा दिएको हो ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘दुबै शीर्ष नेतालाई मैले कन्भिस गरेको हुँ । मेरो पार्टी हो नि !’

    रामवीरले जनताको मत जितेर पाएको सांसद पद किन छोड्न राजी भए भन्ने कुरामा विभिन्न आशंका गरिएको छ । तर रामवीरले भने कुनै शर्त विना नै आफूले पद त्यागेको दावी गरेका छन् । तर उनलाई बामदेव गौतमका निकट व्यक्ति मानिने दिपक भट्टले रामवीरलाई ५ करोड रुपैयाँ दिएको बताइएको छ । गेजुवा कम्पनीका लोकल ऐजेण्ट दिपक भट्टले गत वर्ष सम्पन्न चुनावमा पनि वाम गठबन्धनलाई मोटो रकम उपलब्ध गराएको चर्चा चलेको थियो । भट्ट वाम गठबन्धन बनाउने सुत्रधारको रुपमा समेत चिनिन्छन् । उनी वामदेव गौतमका निकट ब्यवसायी हुन । भट्टले सेना, प्रहरी र विद्युत प्राधिकरणमा लामो समयदेखी व्यवसाय गर्दै आएका छन् । रामवीर आफैँमा पनि काठमाण्डौमा धनाढ्य व्यक्ति हुन् । बालाजु बाइपासमा रहेको उनको अष्टनारायाण फिल्म हल नेपालकै धेरै सफल हल मध्येको एक हो । त्यसैले उनले पैसाको प्रलोभनमा पद त्यागे भनेर कतिपयले विश्वास गरेका छैनन् ।

    प्रचण्ड र वामदेवले रामवीरलाई भविश्यमा पार्टीको केन्द्रीय सदस्य र मन्त्रीसमेत बनाउने लोभ देखाएकालेसमेत सांसद पद त्यागेको कतिपयको दावी छ । केही समयपछि राष्ट्रिय सभामा ल्याउने र प्रचण्डको कोटाबाट मन्त्री बनाउने आश्वासनपछि उनी राजिनामा दिन तयार भएको बताइएको छ । नेकपाका अध्यक्ष प्रचण्ड र नेता गौतमबीच सुमधुर सम्वन्ध छ । ०६९ मा केपी शर्मा ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने ‘भद्र सहमति’ तोड्दा वामदेव गौतमले सार्वजनिकरुपमै असन्तुष्टि जनाएका थिए । ओली सरकार ढालेर कांग्रेसको सहयोगमा प्रधानमन्त्री बन्दै गर्दा प्रचण्डले संसदमै वामदेवको नाम लिएर उनलाई प्रधानमन्त्री बनाउने भूमिका खेल्ने बताएका थिए । पछिल्लोपटक एमाले र माओवादीबीच पार्टी एकताका क्रममा भएको ‘आलापालो प्रधानमन्त्री र अध्यक्ष बन्ने’ भद्र सहमतिको पनि वामदेवले बचाउ गर्दै आएका छन् । त्यसैले यो गुन तिर्न पनि वामदेवलाई संसदमा ल्याउने प्रचण्डले पनि सहयोग गरेका छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य