फेसबुकमा ‘युजर डेड, फर्गेट मी’ लेखेर ,यसरि गरे आत्महत्या

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, अशोज २३, २०७५

    मकवानपुर । एक युवकले फेसबुकमा स्टाटस लेखेर आत्महत्या गरेका छन् । मकवानपुरको बकैया गाउँपालिका–१२ का २२ वर्षीय नवीन घलेले फेसबुकमा ‘युजर डेड, फर्गेट मी’ लेखेर पोष्ट गर्दै आत्महत्या गरेका हुन् । उनले उक्त पोष्टलाई १० जना भन्दा बढीलाई ट्याग गरेका छन् । फेसबुकमा स्ट्याटस लेखेपछि घर अगाडिको झाडीमा गएर आत्महत्या गरेका हुन् ।

    घलेले फेसबुक स्ट्याटसमा लगातार निराशाजनक कुराहरु लेखेका थिए । उनले आत्महत्या गर्नुअघि पनि ‘मैलेजस्तो गल्ती कसैले नगर्नु’ भनेर फेसबुकमा स्टाटस पोष्ट गरेका थिए । केन्द्रबिन्दुबाट साभार,

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य