प्रधानमन्त्री वली त् गल्नुभएछ ! दुई वर्ष पनि टिक्दैन जस्तो छ – बालुवाटारबाट आयो यस्तो सन्देश

  • -
  • मङ्ल, अशोज २३, २०७५

    २३ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने सुन्नासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले सो पार्टीका शीर्षनेतालाई सोमबार साँझ बालुवाटार बोलाएका थिए । प्रधानमन्त्रीसँग डेढ/दुई घण्टा बिताएर फर्केका एक नेताले अनलाइनखबरसँग भने– प्रधानमन्त्रीज्यू त पूरै गल्नुभएछ, यो पाराले ओली सरकार दुई वर्ष टिक्दैन जस्तो लाग्यो ।

    सरकारले आफ्ना मागहरु पूरा नगरेको गुनासो बोकेर प्रधानमन्त्रीलाई भेट्न राजपाका शीर्षनेताहरु महन्थ ठाकुरको नेतृत्वमा बालुवाटार पुगेका थिए । तर, ‘आफैं त महादेव कसले देला बर’ भनेजस्तो उल्टै प्रधानमन्त्रीले पो घण्टौंसम्म राजपा नेताहरुसँग गुनासोको पोको फुकाए ।
    अनलाईन खबर

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य