किन पत्ता लागेन अझै निर्मला पन्तका हत्यारा,देखियो संलग्नता : डा भट्टराई

  • -
  • बिहि, अशोज २५, २०७५

    काठमाडौं : पुर्वप्रधानमन्त्री एवम नयाँ शक्ति पार्टिका संयोजक डाक्टर बाबुराम भट्टराईले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा ‘माथि’को संलग्नता रहेको दाबी गरेका छन्। बिहीबार साँझ ट्विट गर्दै भट्टराईले निर्मलाको बलात्कार र हत्याको सबुतप्रमाण मेटाउनेलाई केरकार गर्दा अपराधी पत्ता लाग्ने तर त्यो हुन नसक्नुले ‘माथि’कै संलग्नता प्रष्ट भएको बताएका हुन । उनले निर्मला हत्याको जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्ने बताएका छन्। उनले अपराधी पत्ता नलागेसम्म अझैपनि दबाब जारी राख्नुपर्नेमा जोड दिएका छन्।
    ‘निर्मला पन्त बलात्का–हत्याको सबुतप्रमाण मेटाउने कार्यमा संलग्नलाई समातेर गम्भीरतापूर्वक केरकार गर्दा अपराधि सजिलै पत्तालाग्नु पर्ने हैन? त्यति पनि किन हुन सकिरहेको छैन? यसबाट त ‘माथि’को संलग्नता प्रष्टै देखियो नि’, बाबुरामले लेखेका छन्, ‘राजनीतिक नेतृत्वले अब जिम्मेवारी लिनुपर्ने वेला भएन ? दबाब जारी राखौं।’लेकाली खबर

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य