नुवाकोटमा बस दुर्घटना अपडेट: दुईजनाको मृत्यु, ३५ भन्दा बढी यात्रु घाइते

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, अशोज २६, २०७५

    असोज २६/ नुवाकोटको फेदीखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ३५ भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

    घाइतेमध्ये ९ जनाको अवस्गा गम्भीर रहेको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । नुवाकोटको मसेरीबाट सदरमुकाम विदुरतर्फ आईरहेको बा१ख ६३५६ नम्बरको यात्रुबाहक बस आज बिहान १० बजे दुर्घटना भएको हो ।

    घाइतेहरुको उद्धार गरेर बिदुर अस्पतालमा ल्याइएको छ । बसमा सवार अधिकांश यात्रु दशैं किनमेलका लागि सदरमुकाम आइरहेको बताइए पनि बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । घटनास्थल फेदीखोला जिल्ला सदरमुकाम विदुरबाट झण्डै १२ किलोमिटरको दूरीमा पर्छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य