निर्मला पन्तको हत्यारा खोजि जहाको त्यहि : प्रधानमन्त्री ओलीलाई वम दिदि बहिनीको चिन्ता

  • -
  • शनि, अशोज २७, २०७५

    निर्मला हत्या प्रकरण: सरकार पुर्णरुपमा असफल हुदा पनि बम दिदीबहिनीको चिन्ताले किन सतायो प्रधानमन्त्री ओलीलाई ?

    बलात्कारपछि हत्या गरिएकी १३ बर्षीय वालिका निर्मला पन्त हत्यामा निर्मलाका साथी भनिने वविता भनिने अनिता बमको संलग्नता रहेको हुनसक्ने गृहमन्त्रालयले आईतबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनको ३४ औं पृष्ठमा ‘अनिता बमको गतिविधी शंकास्पद देखिन्छ’ उल्लेख गरिएको छ । गएको १० साउनमा बम दिदी बहिनीको घरमा गएकी निर्मला त्यही दिन बेपत्ता भएकी थिईन् भने भोलीपल्ट उखुवारीमा उनको शब भेटिएको थियो ।

    घटनापछि प्रहरीले बम दिदी बहिनीलाई अनुसन्धानमा नल्याएको भन्दै स्थानीयले आन्दोलन गरेका थिए । यता प्रधानमन्त्री केपी शर्मा ओलीले बम दिदी बहिनीको सामाजिक प्रतिष्ठाको विषय चिन्ता गर्दै आन्दोलनकारीको आलोचना गरेका थिए । नेपाल टेलिभिजनबाट प्रशारित ‘जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले भनेका थिए ‘जलाउन ठिक पारेको लास मेयरको आँगनमा कसको निर्देशनमा लगियो । के ती बम दिदी बहिनीको भविष्यको बारेमा चिन्ता गर्नुपर्दैन ?’

    निर्मलाको हत्या भएको ७५ दिन पूरा भएपनि हत्यामा संलग्न पक्राउ परेका छैनन् । घटनामा प्रमाण मेटाउन भुमिका खेलेका तत्कालीन कञ्चनपुरका एसपी डिल्लीराज विष्ट, बम दिदी बहिनी, निर्मलाको शब जलाउन दवाव दिने मामा लगायतलाई प्रहरीले पक्राउ गरेको छैन । लामो दवावपछि मन्त्रालयले आईतवार उच्चस्तरिय छानविन समितिको प्रतिवेदन सार्वजनिक गरेको थियो । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सरकारले पक्राउ गरी कारबाही गर्न नसकेको भन्दै मानव अधिकारकर्मीहरु आक्रोशित बनेका छन् ।

    निर्मलाको हत्यारालाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दै शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारको मूलगेट अगाडि धर्ना दिन पुगेका उनीहरुले सरकार र नेपाल प्रहरीप्रति आक्रोश व्यक्त गरेका छन् । बलात्कारपछि हत्या गरिएकी बालिका पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न सरकार असफल भएपछि त्यसको विरोधमा प्रधानमन्त्री निवासमा धर्ना दिनु परेको मानव अधिकारकर्मीहरुले बताएका छन् ।
    \

    उनीहरुले दैनिक रुपमा बढदै गएको हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसक्ने सरकारले शान्ति सुरक्षाको उचित प्रबन्ध गर्न नसक्ने भन्दै आक्रोश पनि व्यक्त गरेका छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य