४ बर्षिय बालिका माथी बलत्कार,ओठभरी घाउ नै घाउ, बालिकालाई हन्हन्ती ज्वरो , पढ्नुहोस्

  • -लालिगुराश सम्बाद दाता
  • आइत, अशोज २८, २०७५

    असोज २८/ पोखरा महानगरपालिका २५ याम्दीमा ४ बर्षिया बालिकालाई एक युवकले बलत्कार प्रयास गरेका छन् । याम्दी एक घरमा आमा बाबु सगँ बस्दै आएकी ४ बर्षिया बालिकालाई स्थानीय २५ बर्षिय युवकले बलत्कार प्रयास गरेका हुन् ।

    मंगलबार घटना भए पनि बालिकाले आमालाई बुधबार मात्रै भनेकी थिइन् । बालिकालाई ज्वरो आएपछि बुधबार आमालाई भनेको छिमेकीले बताए । आरोपित युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    स्थानिय मधुकर पराजुलीका अनुसार पक्राउ पर्नेमा पक्राउ पर्नेमा याम्दीकै सुजन श्रेष्ठ हुन् । श्रेष्ठले ललाई फकाई एकान्तमा लगेर बालिकालाई अस्वभाविक क्रियाकलाप गरेको बताएकी छिन् ।

    उनको कृयाकलापबाट बालिकाको ओठमा घाउ परेको छ भने हन्हन्ती ज्वरो समेत आएको पारिवारिक स्रोतले बताएको छ । युवकले बुधवार पनि बालिकालाई फकाउने प्रयास गरेका थिए तर बालिकाको आमाले थाहा पाएपछि बालिकालाई उक्त युवकसँग जानबाट रोकेकी थिईन् ।

    यस्तो घटना लुकाउन नहुने भन्दै पराजुलीले सक्रियता देखाएपछि श्रेष्ठ पक्राउ परेका हुन् । बलात्कारको प्रयास गरेको कुरा अभियुक्तले स्वीकार गरेको बताइन्छ । बालिकाका परिवार लामो समयदेखि याम्दीमा भाडामा बस्दै आएका छन् भने आरोपी युवक त्यहाँकै स्थानिय हुन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य