पैसा चोरेको आरोपमा यसरि भाच्चियो १२ वर्षीय बालकको हात,पढ्नुहोस

  • -
  • बुध, कार्तिक ७, २०७५

    दैलेख – दुल्लु नगरपालिका–३ सियालामा रहेको सागर होटेल सञ्चालकले पैसा चोरेको आरोपमा होटेलमा श्रमिकका रूपमा कार्यरत १२ वर्षीय बालकको हात भाँचिदिएका छन् ।होटेलमा बालश्रमिकका रूपमा कार्यरत १२ वर्षीय प्रकाश बुढाथोकीको होटेल मालिक्नी शान्ति शाहीले दाउराले हानेर हात भाँचिदिएको स्थानीयले बताएका छन् ।सल्यानको दार्मा गाउँपालिका–६ घर भएका बालक शाहीले दसैँमा घर जान साहुसँग काम गरेको ज्याला मागेका थिए । यो खबर आज बुधबार प्रकाशित ‘नयाँ पत्रिका’ राष्ट्रिय दैनिक अखबारमा छापिएको छ ।

    आफूले कमाएर राख्न दिएको १५ सय रुपैयाँसमेत साहुनीले नदिएपछि उनी दसैँमा पनि घर जान पाएका थिएनन् ।पछि बालकले १५ सय चोरेको आरोपमा होटेल साहुनी शान्तिले बालकको हात टेबुलमा राखेर दाउराले हानेर भाँचिदिएको स्थानीयको भनाइ छ । दाउराले हान्दा बालकको देब्रे हातको नाडी भाँचिएको छ ।हात भाँचिदिएपछि शान्तिले बालकलाई गलहत्याएर होटेलबाट निकालेको स्थानीयले बताएका छन् । हात भाँचिदिएपछि बालकको उपचार गर्न होटेल सञ्चालक शान्तिलाई आग्रह गर्दा उनले वास्ता गरेकी छैनन् ।घटनाका विषयमा खबर गर्दा प्रहरीले पनि चासो नदिएको स्थानीय तेजबहादुर महतले बताए । घटनाको १८ दिनपछि मात्र साहुनीले बालकको हात भाँचिदिएको सार्वजनिक भएको छ ।

    स्थानीय प्रहरीले पीडितको उद्धार नगरेको अधिकारकर्मीले बताएका छन् । १८ दिनपछि स्थानीयले दैलेख सदरमुकामको महिला तथा बालबालिका सेवा केन्द्रमा खबर गरेपछि मात्र घटना सार्वजनिक भएको हो ।मंगलबार साँझ बालकलाई दैलेख सदरमुकाममा ल्याइएको छ । सदरमुकाममा बालकको उपचार सम्भव नभएपछि नेपालगन्ज लगिएको छ । तर, घटनामा संलग्नमाथि कारबाहीको कुनै प्रक्रिया थालिकएको छैन ।होटेल मालिक्नीका पति सुरेश शाहीले बालकको उपचारका लागि नेपालगन्ज लिएर गएको दैलेख प्रहरीले जनाएको छ । शान्ति शाहीले रुपैयाँ चोरेको रिसको आवेसमा कुटपिट गर्दा हात भाँचिएको स्विकारेकी छिन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य