चप्पल चिनो छोडेर हेर्दाहेर्दै मुग्लिन पुलबाट हाम फाले पछी, छोरीहरूको चल्यो रूवाबासी (भिडियो)

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, कार्तिक ८, २०७५

    काठमाडौँ । मुग्लिन–नारायणगढ सडकमा देखिएको यो दृश्य निकै हृदयविदारक छ । एक परिवारको रूवावासीले सडक नै जाम हुनेगरी सवारी साधन र यात्रु मुग्लिन सडकमा रोकिए ।मुग्लिन बजारमा दशैंको चहलपहल थियो । दशैंका यात्रुको सवारी चापले मुग्लिन बजार र सडक भरिएको थियो । मुग्लिन बजारहुँदै पोखरा तर्फ लाग्ने पुलमा दिनभर सवारी चाप हुन्थ्यो । सबेरै बिहानको सुनसान मौकामा एक वृद्धले पुलबाट हाम फालेर आफ्नै प्राण लिए ।

    हेटौडा घर भएका माइला भोटेको घरमा दशैँको रमझम सुरू भएको थियो । तर उनी एकाएक चटक्कै घर छाडेर हिडे । ६५ बर्षीय यी बृद्धले मुग्लिन पुलबाट हाम फालेर आफ्नो जीवनलिला समाप्त पारे । अरूका घरमा दशैँ भित्रिदै थियो तर माइला भोटे घरबाट वेपत्ता भएपछि उनको घरमा रूवावास चल्यो ।दशैंको ९ दिन पहिले हेटौडास्थित आफ्नो घरबाट हिडेका माइलालेले मुग्लिनको एक पसलमा बिहानै चुरोट किनेका थिए । उनको विछिप्त अवस्था देखेर स्थानीयले उनको तस्बिर खिचेर फेसबुकमा राखेका थिए । त्यही दिन उनले मुग्लिन पुलमा चप्पल चिनो छाडेर त्रिशुली नदीमा हाम फालेका उनका ठूला ज्वाइँ प्रेमबहादुर बमजनले बताए ।

    पुलबाट हाम फालेको थाह पाएपछि त्रिशुलीमा खोजी गर्दा पुलदेखि करिव ५ किलोमिटर टाढा किनारामा शव तैरिएको देखेपछि परिवारको रूवावासीले मुग्लिन–नारायणगढ सडकमै जाम हुनेगरी यात्रु र सवारी साधन रोकिए । सडक किनारामा परिवारका सदस्यको रूवावासी चलिरहेको थियो भने त्यसको ठिक तल त्रिशुली किनारामा बृद्धको शव तैरिरहेको थियो ।हेर्नुस् यो भिडियोः

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य