सामाजिक अभियन्ता राधा पौडेलको फाउण्डेसनले ल्यायो नारीहरुका लागि खुसीको खबर : नेपाल मै पहिलो पटक “सेनेटरी प्याड” उत्पादन

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, कार्तिक १५, २०७५

    काठमाडौं, नेपालमै पहिलो पटक वातावरणमैत्री सेनेटरी प्याड उत्पादन गरिएको छ । राधा पौडेल पाउण्डेसनले चितवनको कृष्णपुरमा ‘मितेरी जैविक स्यानिटरी प्याड’ उत्पादन गरेको हो । फाउण्डेसनकी संस्थापक तथा सामाजिक अभियन्ता राधा पौडेलले भनिन्, ‘हामीले पहिलो चरण अन्तरगत उत्पादन शुरु गरेका हौं । अब गुणस्तर चिन्ह प्राप्त गर्ने काम शुरु गर्छौं ।’पौडेलले उक्त सेनेटरी प्याडमा कपास र सल्लाको बोक्रा प्रयोग गरिएको र अन्य प्याड भन्दा वातावरणमैत्री हुने बताइन् ।

    उनी भन्छिन्, ‘बजारको अन्य प्याडमा केमिकल, प्लाष्टिक प्रयोग गरिएको हुन्छ । त्यसले महिलालाई साइड इफेक्ट गर्नुका साथै क्यान्सर हुने सम्भावना हुन्छ । तर यो प्याड गुणस्तरिय छ । महिलालाई कुनै साइड इफेक्ट गर्दैन ।’हाल नेपाली बजारमा पाइने सेनेटरी प्याड गल्नका लागि दुई सय देखि एक हजार दिन लाग्छ । तर यो प्याड १२ देखि एक सय ८० दिनभित्र कुहिने पौडेलको दाबी छ ।

    प्याड बनाउका लागि भारतको आकार इनोभेन्सन कम्पनीको साझेदारी रहेको छ । अमेरिका, भारत र अफ्रिकामा प्रयोगमा आइसकेको यो प्याडलाई अमेरिका र भारत सरकारले समेत वातावरणमैत्री भनेर प्रमाणित गरिसकेको पौडेलले बताइन् । परीक्षणका लागि शुरु गरिए पनि केही दिनभित्र व्यवसायिक रुपमा उत्पादन थाल्ने पौडेलको भनाइ छ । प्याड बनाउने मेसिन खरिद, ५ महिनाको लागि चाहिने कच्चा पदार्थ खरिद लगायत जम्मा ३० लाख रुपैयाँ खर्च भएको पौडेलले बताइन् । यो खबर हामीले महिला खबरको पेजबाट लिएका छौ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य