गोविन्दराज जोशीको मुद्दा ! अख्तियारकै हेलचेक्र्याइँ-कारबाही गर्ने सर्वोच्चको चेतावनी

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, जेष्ठ २३, २०७६

    २३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै असहयोग गरेको भन्दै कारबाहीको चेतावनी दिएको छ ।

    जोशीविरुद्धको भ्रष्टाचार तथा अकुत सम्पत्तिसम्बन्धी मुद्दाको सक्कल मिसिल ५ वर्षदेखि नदिएको भन्दै सर्वोच्चले आयोगका सचिवसहितका अधिकारीलाई कारवाहीको चेतावनी दिएको हो ।

    अदालतको माग गरेको आयोगका काम कारवाहीसम्बन्धी रजिष्टर लगायतका अभिलेख ५ वर्षदेखि उपलब्ध नगराई न्याय सम्पादनमा बाधा पुर्‍याएको सर्वोच्चले उल्लेख गरेको छ ।

    न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले जोशीविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने २०६० साल वैशाख २५ गतेको निर्णयसहितको सक्कल मिसिल, फायलसमेत लिई अदालतमा उपस्थित हुन सचिव स्वयंलाई आदेश दिएको हो । अदालतलाई कागजात नबुझाउनु आपत्तिजनक भन्दै कारवाही तथा सजाय किन गर्नु नपर्ने भन्ने स्पष्टिकरण समेत अख्तियार अधिकारीलाई सोधिएको छ ।

    अख्तियारले कांग्रेस नेता जोशीविरुद्ध २०६० असोजमा भ्रष्टाचार मुद्दा चलाएको थियो । विशेष अदालतले उनलाई सफाइ दिएपछि अख्तियार सर्वोच्चमा पुनरावेदनका लागि गएको थियो । सर्बोच्च अदालतले २०७१ असोज २९ गतेनै सो मुद्दा सम्बन्धित ०६० को अभिलेख पठाउन आदेश दिए पनि त्यस यता पटक पटक अटेरी गरेको र भेटिएन भन्दै पन्छिएको आदेशमा उल्लेख छ ।

    २०६० सालमा जोशीलाई मुद्दा चलाउँदा गरिएको निर्णयको रजिष्टर सक्कल फाइल र सक्कल मिसिल पठाउन अदालतले ५ वर्षयता पाँच पटक ताकेता गरेको थियो । पटक पटक माग्दा पनि नभेटिएको पछि फेला परेमा यथाशीघ्र पठाउने भनी अख्तियारले अदालतमा पठाएको जवाफ गैरजिम्मेवार भएको आदेशमा भनिएको छ ।

    आदेशमा भनिएको छ ‘आयोग स्वयंले गरेको निर्णय, आयोगको आफ्नो काम कारवाहीसम्बन्धी रजिष्टरलगायतका अभिलेख पठाउन भनी २०७१ साल भाद्रदेखि हालसम्म पटक पटक अदालतबाट लेखी पठाउँदा अहिले करीव ५ वर्षसम्म पनि आदेश बमोजिमको अभिलेख कागजात उपलब्ध नगराउनु आपत्तीजनक देखिन्छ । यसबाट न्याय निरुपणमा ढिलाइ भएको, न्यायिक प्रक्रियामा अवरोध पैदा भएको तथा मुद्दाका पक्षलाई अनावश्यक हैरानी हुन पुगेको देखियो ।’

    अदालतको आदेशमा यस प्रकारको प्रवृत्ति स्वीकार्य हुन नसक्ने भन्दै अदालतले माग गरेको अभिलेख नपठापई अटेरी गरेको, न्याय सम्पादन प्रक्रियामा सहयोग नगरी अवरोध पैदा गरेको र पक्षलाई अनावश्यक हैरानी पुगेकाले अख्तियार सचिव महेश्वर न्यौपाने, सम्बन्धित अन्य अधिकृत एवं कर्मचारी समेत उपर कारवाही किन नहुने भनी प्रष्टिकरण सोधिएको छ ।

    जोशीको भ्रष्टाचार मुद्दामा बिहीबार सुनुवाई हुने भने पनि अख्तियारबाट सक्कल फाइल नपुगेपछि सो आदेश जारी भएको हो ।

    अख्तियारले जोशीको अकुत सम्पत्ति छानविन गर्ने क्रममा छोरा दिनेश जोशी,सालो ताराराज पाण्डेलगायतका व्यक्तिको नाममा भेटिएकाले उनीहरुलाई समेत विपक्षी बनाएको थियो । अन्न्लाइन खबरबाट साभार ,

    यसमा तपाइको मत

    ट्वीटर

    समाचार बाट अन्य

    पदमजन बोहोरा र ललिता ऐर बोहोराको सुमधुर स्वरमा सत्या घटनामा आधारित डेउडा गित”पापिकाल”सार्वजनिक”(भिडियो)

    काठमाडौं-श्रीराम फिल्मसको प्रस्तुति रहेको गित बिशेष फिल्मसको अफिसियल युटुबमा डेउडा गित”पापिकाल” भखरै मात्र सार्वजनिक भएको गीतमा पदमजन बोहोरा र ललिता ऐर बोहोराको सुमधुर स्वरमा रहेको छ । गायक पदमजन बोहोराको शब्द तथा नागरी...

    नेपाल भारत जोड्ने झोलुंगे पुल ४ दिनका लागी बन्द

    उद्धव सिंह धामी, असार २ दार्चुला । नेपाल–भारत जोड्ने झोलुंगे पुल ४ दिनका लागि बन्द गरिने भएको छ । नेपाल–भारत जोड्ने जिल्ला सदरमुकाम खलंगास्थितको झोलुंगे पुल चार दिनका लागि बन्द गर्न लागिएको हो । तर...

    बझाङमा जिप दुर्घटना ! २ महिला १ बालक सतित ९ जनाको गयो ज्यान

    काठमाडौं । बझाङमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ। भने घाइते ४ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेहरूको उद्वार भइरहेको छ । उद्धारका लागी हुम्लाबाट हेलिकप्टर आउने भनिए पनी खराब...

    किन ? गर्छन आफै जानी-जानी बलत्कार – दुई महिलालाई ट्रकमा राखेर दिउँसै जंगल लगेर सामुहिक बलात्कार !

    काठमाडौं । बलात्कार जस्तो जघन्य अपराधको जत्ति निन्दा गर्दा पनी सायद कमै हुन्छ । तर नेपालमा पछिल्ला दिनहरुमा लगतार बलात्कारका घटनाहरु बढ्दै गएका छन् । रामेछापमा दुई महिला बलत्कृत भएका छन् । लिखु तामाकोसी...

    ब्लू क्रस अस्पतालले भित्र्यायाे नयाँ प्रविधि-यसरि हुन्छ बिरामीको उपचार

    असार २ , काठमाडौं । करिब तिन दशक देखि राष्ट्रको स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेको ब्लू क्रस हस्पिटललेसमय अनुकुल स्वास्थ्य सेवालाई परिमार्जन समेत गरी बिरामीहरुको सेवामा अग्रसर भईरहेको छ । त्यस हस्पिटलले केहि समय...

    इटहरीमा मेयर द्वारीकलाल चौधरीको फेरी कडा प्रहार ! भ्रष्टचारीको एक एक नाम भन्दा सबै चकित(भिडियो)

    झापा । इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले भ्रष्टाचार गरेको भन्दै दुई जना कर्मचारीलाई ढोका थुनेर कुटपीट गरेका छन् । उनले कार्यालयमै बोलाएर दुई कर्मचारीलाई कुटपीट गरेका हुन् । कुटपीट गरेपछि भ्रष्टाचार गर्ने कर्मचारीलाई काम...

    अघोरी बाबाले चर्चामा आएका बाबाको चर्तिकला प्रदाफास ! बलत्कार देखि गाजा काण्ड ,हेर्नुहोस(भिडियो)

    काठमाडौं-२० बर्ष अघिबाट मसानघाटमा अरु भन्दा छुट्टै पहिचान बनाउदै साधु बाबा काठमाडौँ सुन्दरीजलको एउटा घाटमा रहेको अघोरी बाबाले भुत प्रेतसंग कुराकानी गरेर म बसिरहेको छु मसानघाट नै आफ्नो घर रहेको उनि बताउदै आएका थिए...

    जनतालाई फेरी सास्ती ! प्रधानमन्त्री ओली फर्केपछि बढाइँदै गाडी भाडा

    जेठ ३२, काठमाण्डौ । सरकारले सबैखाले सार्वजनीक सवारी साधनमा लागू हुने गरी बढाएको एक दिन पनि नबित्दै फिर्ता लियो । बिहिबार दिउँसो करिब ३ बजेतिर भाडा बढाएको सूचना जारी गरेको यातायात व्यवस्था विभागले बेलुकी...

    जङ्गली च्याउको करामत – पाल्पामा रुवाबासी ! ६ जनाको गयो ज्यान ४ जनाको उपचार हुदै

    पाल्पा। निस्दी गाउँपालिका पाल्पामा जङ्गली च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये ज्यान जानेको सङ्ख्या ६ पुगेको छ । गत शुक्रबार च्याउ खाएर केही बिरामी भएका थिए । जङ्गली विषालु च्याउको तरकारी पकाएर खाएकामध्ये...

    गुठी विधेयक वार की पार ! गुठी विधेयक विरोधमा बसन्तपुरमा बृहत् प्रदर्शन

    काठमाडौं । सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोधमा बसन्तपुरमा पनि बिहानै प्रदर्शन भएको छ। ज्यापु महागुथी नेपाः ले आह्वान गरेको बसन्तपुरको दमकल अगाडिबाट विरेध प्रदर्शन भएको थियो । प्रदर्शनकारीले उक्त गुठी विधेयक धर्म संस्कृति...